Jilla Ban Notis

नवलपरासीमा खेलाडी छनौटकार्य तिव्र ,३ सय ६० बढी खेलाडीले प्रतियोगितामा भागलिने

0 48

कृष्ण ढकाल
बर्दघाट,भदौं–५
गण्डकी प्रदेशको पोखरामा आगामि अशोज २८ गते देखि कार्तिक ३ गते सम्म हुने नबौ रास्ट्रिय खेलकुद् प्रतियोगिताको लागि यतिबेला पश्चिम नवलपरासीमा विभिन्न बिधाका खेलाडीहरुको छनौट प्रतियोगिता संचालन भैरहेको छ ।

अहिले केहि बिद्याका खेलाडीहरुको छनौट भएर अभ्यास गराईदै छ भने केहि छनौटकै क्रममा रहेका छन् । खेलकुद प्रतियोगितामा भागलिनकै लागि भनेर हिजो अर्थात भदौ ४ गते जिल्ला नवलपरासी आइटिएफ तेक्वान्दो संघले बर्दघाटमा खेलाडी छनौट प्रतियोगिता सम्पन्न् गरेको छ ।

छनौटमा नवलपरासी आईटिएफ तेक्वान्दो संघ तर्फ पुरुष १४ र महिला ११ जना खेलाडी छनौट हुन सफल भएको नवलपरासी जिल्ला खेलकुद् विकास समितीका अध्यक्ष रितमान कामु मगरले गाउँले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ ।

त्यसैगरी भदौ ७ गते भुमहिमा क्रिकेट र सुनवलमा भलिवल तथा ८ गते सुनवलमा कराँते खेलका खेलाडीहरु छनौटका लागि खेल संचालन गर्ने तयारी भएको अध्यक्ष कामुले बताउनु भएको छ ।

नबौ रास्ट्रिय खेलकुद् प्रतियोगितामा हुने खेलबिद्यामा ३६ खेलहरु मध्ये पश्चिम नवलपरासी जिल्लाबाट १८ वटा खेल विद्याका प्रतियोगितामा सहभागिता जनाउने गरी तयारीमा लागेको जिल्ला खेलकुद् विकास समितीका अध्यक्ष कामुले बताउनु भयो ।

नवपरासीवाट बक्सीङ्ग,कराँते,टेक्वान्डो,आईटिएफ टेक्वान्डो,क्रिकेट,शारिरीक सुगठन र कुस्ती प्रतियोगतामा सहभागिता जनाउने तयारी गरीएको छ भने महिला तथा पुरुष दुबै टिमको सहभागि हुने गरी भलिबल,फूटबल कबड्डी खोखो,ब्याडमिन्टन, टेवल टेनिस,एथलेन्टीस लगाएतका खेलबिद्याहरुमा पश्चिम नवलपरासीले सहभागिता जनाएर सबैभन्दा बढी उपाधि हात पार्ने गरी तयारी गरीएको बताईएको छ ।

अशोज २८ गते देखि कार्तिक ३ गते सम्म हुने नबौ रास्ट्रिय खेलकुद् प्रतियोगितामा नवलपरासी जिल्लावाट मात्रै करिव ३ सय ६० जना खेलाडीहरुको सहभागिता रहने अध्यक्ष कामुले बताउनु भएको छ ।

त्यसैगरी खेलाडी छनौटको पूर्व तयारी स्वरुप भलु भैरब जिम एण्ड फिटनेस सुनवलले प्रथम महिला तथा पुरुष पावर लिफटिङ्ग प्रतियोगिता सम्पन्न् गरेको छ ।

Leave A Reply

Your email address will not be published.