Jilla Ban Notis

नवलपरासीको बर्दघाट–५ कञ्चनगढीमा एैतिहासिक चमेरे गुफा फेला पर्यो । (भिडियो सहित )

0 312

कृष्ण ढकाल
बर्दघाट,माघ–२

आन्तरीक तथा वाहिय दृष्टिकोणले प्रचुर पर्यटकीय सम्भावना बोकेको नवलपरासी जिल्लाको बर्दघाट–५ कञ्चनगढीमा एैतिहासिक चमेरे गुफा फेला परेको छ। नेपालका एक सय पुरातात्विक,ऐतिहासिक ,धार्मिक तथा पर्यटकिय गन्तब्य मध्येको एक महत्वपूर्ण स्थलका रुपमा रहेको कञ्चनगढी क्षेत्र भन्दा करिव डेढ किलो मिटर उत्तरमा एैतिहासिक चमेरे गुफा फेला परेको हो ।

यसअघि कोहि कसैले नदेखेको उक्त चमेरे गुफामा केहि दिन अघिमात्र स्थानिय ब्यीक्तले देखेर नगरमा खवर गरेसंगै नगरपालिकाबाट जनप्रतिनिभि सहित पत्रकारहरुको टोली उक्त स्थानमा पुगेको थियो । स्थानिय वडावासी विष्णु पोखरेलका अनुसार त्यो स्थानमा पानीको छहरा र पहरासंगै पहरामा गुफा समेत रहेकाले त्यसको विषेशता अझबढी हुन सक्ने भएकाले त्यसको खोज अनुसान्धान हुन जरुरी रहेका बताउनु भएको छ ।

बिभिन्न प्रकृतिका आकृतिहरु देखिने पहरासंगै पानीको छहरामा रहेको उक्त चमेरे गुफामा पुगेपछि बर्दघाट नगरका नगर प्रमुख शम्भुलाल श्रेष्ठले चमेरे गुफालाई अब कञ्चनगढीकै अर्काे महत्वपूर्ण स्थलका रुपमा विकास गरेर अघि बढ्ने बताउनु भएको छ ।

बर्दघाट नगरले कञ्चनगढी क्षेत्रको विकासका लागि तयार गरेको १४ करोडको लागत स्टिमेट अनुसार पर्यटकिय पूर्वाधारका लागि पहिलो चरणमा ४ करोड ५६ लाखको लागतमा भौतिक निमार्ण कार्यलाई तिव्रता दिईरहेका बेला चमेरे गुफा समेत फेला परेपछि अब त्यस क्षेत्रलाई वृहत विकास क्षेत्र अन्तर्गत रहेर विकासको काम गर्ने नगर उप प्रमुख रुद्र प्रकाश उपाध्यायले बताउनु भएको छ । उहांले कञ्चनगढी देखि चमेरे गुफा विचको स्थानमा पर्ने कञ्चन छहरा र चमेरे गुफा भन्दा माथी रहेको हात्ती दहलाई समेत समेटेर लघुजलविद्युत सहित सिंचाईलाई समेत जोडेर त्यसको विकस गर्न सकिने भएकाले संभाब्यता अध्ययन गरीने बताउनु भएको छ ।
यता प्रमुख प्रसाशकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले कञ्चनगढी क्षेत्र आसपासको १२÷१५ बिघा क्षेत्रमा बहुवर्षे फलफुलका विरुवाहरु रोप्ने देखि गौशाला निमार्ण लगाएतको कार्यलाई समेटेर गुरु योजना बनाउने गरी अघि बढ्न सकिने देखिएकाले नगर सभामा प्रस्ताव लैजाने बताउनु भएको छ ।

यता बर्दघाट नगरमा रहेर पत्रकारीता गरीरहेका पत्रकार रबिलाल पाण्डेले पनि एक बर्दघाट नगरका सबै क्षेत्रका पुरातात्विक,ऐतिहासिक ,धार्मिक तथा पर्यटकिय स्थलहरुसंगै कञ्चनगढी क्षेत्रमा एकिकृत गुरु योजना बनाएरै अघि बढ्नु पर्ने धारण ब्यक्त गर्नु भएको छ । त्यसैगरी अर्का पत्रकार रबिन शर्मा चापागाईले पनि अहिले कञ्चनगढीक्षेत्रको चमेरे गुफामा फेला परेका चमेराहरुको प्रजाती समेत पत्ता लगाउन सके अझबढी प्रभावकारी हुने धारणा ब्यक्त गर्नु भएको छ ।

पुरातात्विक,धार्मिक तथा ऐतिहासिक एवं पर्यटकिय स्थलका रुपमा रहेको कञ्चनगढी क्षेत्रको संरक्षण र प्रचार,प्रसार गरे पर्यटन प्रर्वद्धनसंगै समग्र नगर नै समृद्ध हुन सक्ने प्रचुर संभावना रहेको छ । त्यसैले कञ्चनगढी क्षेत्रको विकास र प्रचार,प्रसारमा सरोकारवालाहरुले अझबढी जोड दिन जरुरी छ ।

 

Leave A Reply

Your email address will not be published.