Jilla Ban Notis

धौलागिरी सहकारीद्धारा शेयर सदस्यलाई मास्क र साबुन वितरण ।

0 53

परासी, २ जेठ

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट जोगाउन धौलागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड सुनवल–२ नवलपरासीले आफ्ना प्रत्येक शेयर सदस्यलाई मास्क र डिटोल साबुन वितरण गरेको छ ।  सहकारीका ३ सय ६५ जना शेयर सदस्यलाई उनीहरुको घर घरमै पुगि मास्क र साबुन वितरण गर्दै कोरोनाबाट सचेत रहन आग्रह गरिएको सहकारीकी अध्यक्ष धनमाया गौतम क्षेत्रीले बताउनुभयो। अध्यक्ष क्षेत्रीसहित सहकारीका सञ्चालक सदस्यहरु सुनवल–२ र ३ मा रहेका शेयर सदस्यका घर घरमा पुगेर सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सामग्री दिएका हुन् । कोभिड १९ को जोखिम नियन्त्रण तथा रोकथामका लागि सहकारीले उक्त कार्य गरेको अध्यक्ष क्षेत्रीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.