Jilla Ban Notis

दोस्रो रेशम गुरुङ स्मृति फुटबल तथा तेक्वान्दो प्रतियोगिता शुरु ।

0 37

बर्दघाट,फागुन–१७
सिद्ध ज्योति सामाजिक विकास प्रतिष्ठान बर्दघाट–१६ को आयोजनामा दोस्रो रेशम गुरुङ स्मृति फुटबल तथा तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतिष्ठानका अध्यक्ष प्रेम बहादुर नेपालीको अध्यक्षता र प्रतिष्ठानका संस्थापक अध्यक्ष एवं स्व.रेशम गुरुङको बुवा धन बहादुर गुरुङको प्रमुख अतिथ्यतामा प्रतियोगिताको शुभारम्भ गरीएको थियो ।

आज देखी शुरु भएको गाउँ स्तरीय फुटवल प्रतियोगितामा १८ टिमले सहभागिता जनाएका छन भने जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा नाम दर्ता गर्नेक्रम जारी रहेको छ । प्रतियोगितामा प्रथम हुनेले ३० हजार र द्धितिय हुनेले २० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।

आजको पहिलो खेल बर्दघाट –१६ को नव युवा कलब र बर्दघाट –१४ को उदय युवा कलब बिच भएको थियो । निक्कै रोचक प्रतिस्प्रद्यामा भएको खेलमा पहिलो हापमा दुबै टिमले गोल गर्न सकेनन् भने खेलको दोस्रोहापमा नव युवा कलबका सुदन गुरुङ्ले १ गोल गरेसंगै नव युवा कलब बिजयीहुन सफल भएको छ ।

Leave A Reply

Your email address will not be published.