Jilla Ban Notis

दोश्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा मन्त्रीद्धारा शुभकामना व्यक्त ।

0 17

बुटवल १६ ,जेठ
आज दोश्रो राष्ट्रिय महिला अधिकार दिवस । दिवशको अवसरमा शुक्रवार सामाजिक विकास मन्त्री सुदर्शन बरालले शुभकामना सन्देश जारी गर्दे महिला अधिकारको सन्दर्भमा राजनैतिक क्षेत्रमा प्राप्त उपलब्धि अनुकरणीय भएको जनाउनु भएको छ ।  लैङ्गिक समानताको सूचकमा नेपालले हासिल गरेको उपलव्धी, निजामती सेवालगायत अन्य औपचारिक श्रम क्षेत्रमा बृद्धि हुँदै गएको महिला सहभागितास शैक्षिक, आर्थिक तथा सामाजिक विकासका साथै महिलाहरुको स्वास्थ्य क्षेत्रमा भएको सुधार आदि सकारात्मक परिवर्तनका सूचक भएको मन्त्री बरालले सन्देशमा उल्लेख गर्नु भएको छ ।
सरकारले लागू गरेका नीति योजना एवं कार्यक्रमहरुको कार्यान्वयनबाट महिलाहरुको अवस्था र अवस्थितिका सूचकमा धेरै सकारात्मक परिवर्तन भएको उहांले उल्लेख गर्नु भएको छ ।
जारी शुभकामना सन्देशमा उल्लेख छ – संघीय तथा प्रादेशिक व्यवस्थापिकामा ३३ प्रतिशत र स्थानीय तहमा करिव ४१ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको छ । लैङ्गिक समानताको सूचकमा नेपालले हासिल गरेको उपलव्धी, निजामती सेवालगायत अन्य औपचारिक श्रम क्षेत्रमा बृद्धि हुँदै गएको महिला सहभागितास शैक्षिक, आर्थिक तथा सामाजिक विकासका साथै महिलाहरुको स्वास्थ्य क्षेत्रमा भएको सुधार आदि सकारात्मक परिवर्तनका सूचक हुन ।’
मन्त्री बरालले लैंगिक हिंसा, विभेद तथा दुर्व्यवहारको अन्त्य गर्न महिला सशक्तिकरण र जागरुक बनाउनु आवश्यकता रहेको उल्लेख गर्नुभएको छ ।
महिलाहरुको सक्रिय एवं अर्थपूर्ण सहभागिता दीगो विकासका लागि महत्वपूर्ण आधार हो । नेपालले महिला विरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसंघीय महासन्धि ९ऋभ्म्ब्ध्० लाई २२ अप्रिल १९९१ मा अनुमोदन गरी यसका प्रावधानहरुलाई व्यवहारमा लागू गर्ने प्रतिवद्धता स्वरुप संवैधानिक, नीतिगत तथा कानुनी व्यवस्था गरेको छ
वि.सं २०६३ सालमा पुनर्स्थापित प्रतिनिधि सभामा पेश भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमा “आमा वा बावुमध्ये कसैको नामबाट पनि सन्तानले नागरिकता पाउन सक्ने ग्यारेन्टी गर्न, समानुपातिक सहभागिताको लक्ष्यमा पुग्ने कुरालाई ध्यानमा राखी हाललाई कम्तीमा एक तिहाई महिलालाई राज्यको सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्न, विभेदकारी कानूनको खारेजी गर्न, महिलाप्रति हुने गरेका हिंसाको अन्त्य गर्न” लाई २०६३ साल जेठ १६ का दिन तत्कालीन प्रतिनिधि सभाले सर्वसम्मतरुपमा पारित गरेको थियो ।
यसले महिलाको हक अधिकारलाई संवैधानिक रुपमा स्थापित गर्न महत्वपूर्ण आधार प्रदान गरेको थियो । यस उपलब्धिपूर्ण दिनको स्मरणमा नेपाल सरकारले गत वर्ष देखि प्रत्येक वर्ष जेठ १६ का दिन राष्ट्रिय महिला अधिकार दिवस मनाउने निर्णय गरेको थियो । सोही अनुरुप आज १६ गतेका दिन परेको दोश्रो राष्ट्रिय महिला अधिकार दिवस मनाईएको हो ।

Leave A Reply

Your email address will not be published.