Jilla Ban Notis

देशको धनाड्य ब्यक्ति र राजनितिक ब्यक्ति विचको लडाई हो ः त्रिपाठी

0 166

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१७
पैसाकै भरमा चुनाव जितिन्छ भन्ने भ्रममा कोहि पनि नपरेहुने प्रतिनिधि सभा सदस्य पदका उमेदवार हृदेश त्रिपाठीले बताउनु भएको छ । आज प्रतापपुर–३ सेखुवानामा भएको संयुक्त आमसभालाई सम्बोधनगर्दै जनता प्रगतिशिल पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री हृदेश त्रिपाठीले उक्त कुरा बताउनु भएको हो ।

नवलपरासी निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका लागि अहिले भएको निर्वाचनको लडाई देशको धनाड्य ब्यक्ति र राजनितिक ब्यक्ति विचको लडाई भएकाले पैसा भन्दा पनि त्यस्को निर्णायक जनता नै रहने बताउनु भएको छ ।

उहांले आफ्ना प्रतिष्प्रद्र्यी विनोद चौधरीले आफ्नो क्षेत्रमा चुनाव जित्न सक्ने कुनै आधार नभएकाले सोझा जनता देखेर यस क्षेत्रलाई रोजेको आरोप समेत लगाउनु भएको थियो । राजनितिको नाममा आफ्नो ब्यवसाय संचालनका लागि राजनितिमा आएका ब्यक्ती र जिवनभरी नै राजनिति गरेका ब्यीक्त विच धेरै भिन्नता रहने भएकाले त्यस तर्फ नझुक्किन त्रिपाठीको आग्रह रहेको थियो ।

आफुले आफ्नो कार्यकालमा वेलाटारीको क्याम्पस भवन देखि ११ बढी ठूला पुलहरु निमार्ण गर्नुका साथै थुप्रै सडकहरुको स्तर उन्नती गर्ने र तराई मद्येश समृद्धि कार्यक्रम मार्फत थुप्रै सामाजिक भवनहरु निमार्ण गरेको बताउनु भएको थियो ।

उक्त सभामा प्रदेश सभा सदस्य पदका उमेदवार दिपक शर्मा भट्टले आफु एउटा किसानको छोरा भएकाले किसानका समस्याहरु के छन र कसरी समाधान गर्न सकिन्छ ? भन्ने वारेमा आफुलाई राम्रोसंग थाहा भएकाले किसानको प्रतिनिधिका रुपमा आफुलाई सूर्य चिन्हमा छाप लागाएर विजयी गराउन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा जिल्ला ईन्चार्ज सरीता खनाल,जिल्ला सचिव धिरज शर्मा,राम प्रसाद पाण्डे लगाएतका नेताहरुले आफ्ना भनाईहरु राख्दै प्रतिनिधि सभामा हृदेश त्रिपाठी र प्रदेश सभामा दिपक शर्मालाई विजयी गराउन आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.