Jilla Ban Notis

त्वम् शरणम् गच्छामि, प्रभु !   – प्रदीप न्यौपाने

0 28

अब गर्न बाँकी केही रहेन! सबै वहाँले गर्नुहुन्छ, हजुरहरू बोल्ने, चिन्ता-चिन्तन गर्न छोड्नोस् । देश अब एक ढिक्का भएर निर्वाचनका लागि जुटे हुनेभयो । देशले हिजोबाट काँचुली नै फेर्‍यो, देशमा एकाएक विकासको मुल फुट्ने भयो । भारतका पत्रकारलाई नेपालमा झिकाएर आफ्नै निवासमा दर्शन, विज्ञान, भूगोल, हिन्दुधर्म र सार्वभौमिकताका बारेमा धाराप्रवाह ज्ञान दिने, देशलाई माया गर्ने, विकासको मूल फुटाउन सक्ने एक मात्र राष्ट्रवादी सपूतका विरूद्ध बोल्ने सबै नालायाक होइनन् र ? वहाँको त्यो वाक-चातुर्यता, हिन्दी भाषाको त्यो अद्भूत ज्ञान देखेर सायदै छिमेकी मुलुकका प्रमुखलाई निद्रा पर्‍यो होला? कहिले नहुनेगरी लोडसेडिङ् हिजैबाट बन्द भयो, कही टाढाबाट प्रकाशको त्यस्तो किरण झुल्कियो सारा नेपाल सधैलाई उज्ज्यालो भएर आयो ।

सारा नेपालीका समस्या एकाएक चैट भए । अब चीन र अमेरिकाका पत्रकारहरूलाई पनि झिकाएर ती ज्ञान दिनुपर्छ ताकि उनीहरू आफ्नो देश गएर नेपाल देशको आधुनिक वुद्धको ज्ञान बाड्न सकून् । त्यतिमात्र किन, वहाँले अब, खुद मोदी र सि जिङपिङलाई प्रत्यक्ष राखेर विज्ञानप्रविधि र इतिहास सिकाउनुपर्छ । निर्वाचनबाट भागेर लोकतन्त्रको अभ्यास हुन्छ ? होइन, संविधान किन मान्नुपर्‍यो, केका लागि मान्नुपर्‍यो ? वहाँ जे बोल्नुहुन्छ त्यही संविधान हो, वहाँका बोली अकाट्य छन् । कहाँ लेखेको छ संविधान मान्नुपर्छ भनेर ? अनि को हुन् यी संविधानविद्, के हो संविधानवाद् ? को हुन् यी पूर्वन्यायाधिश, नागरिक समाज, अन्य राजनितिक दलहरू, यिनीहरूले भन्दैमा हुन्छ, के हो यिनीहरूको हैसियत् ? वहाँले बोलेपछि पुग्छ,

भयो सबै चुप लाग्नोस्, मुखलाई बाक्लो टेपले टाल्नुस र हस् हजुर, हस् हजुर भन्नोस्, नत्र ! त्यत्रो महान् सपूतले बोलीसकेपछि अरूले प्रतिवाद गर्नु महापाप हो, अज्ञानताको पराकाष्ठा हो, समय, काल, परिस्थिति बुझ्न नसक्नु हो ।

पृथ्वीनारायण शाहले एकीकरण गरे भन्नु सरासर भ्रमको खेती हो, सही अर्थको एकीकरण गर्ने पनि वहाँ नै हो, वहाँ नभइदिएको भए यस क्षेत्रमा नेपाल अस्तित्वमा रहने थिएन । वहाँ जन्मनुअघि न कसैसँग त्यो अद्भूत दिव्य ज्ञान थियो, न वहाँ पश्चात् कसैमा हुन सम्भव छ । वहाँ नै पार्टी हो, राष्ट्र हो, भूगोल हो, इतिहास हो, वर्तमान, भूत र भविष्य पनि हो, कृष्णको त्यो विराट रूप नै वहाँ हो, वहाँको त्यो अद्भूत ज्ञान, त्यो विराट रूप चिन्न नसक्दा नेपाली मात्र होइन, सारा चराचर जगतले दु:ख भोगिरहेको छ, तर, अब कोइ बात छैन, अब सबैकुरा ठीक हुनेछ, दुई छाक खान, परिवार पाल्न नेपालीले परिश्रम गरिराख्नु पर्दैन । निर्वाचन पनि किन गरिराख्नु पर्‍यो ? सिवाय देश सबै खारेज गरिबक्स्योस्, हजुरको आदेश सबैलाई शिरोपर हुनेछ, अब ढिला नगरि स्वयंलाई आजीवन महाराज घोषण गरिबक्सियोस्, शासन चलाइबक्स्योस्, हामी हजुरप्रति नतमस्तक छदैंछौं ! वहाँ हुनुहुन्छ र त छिमेकी मुलुक आफ्नो हैसियतमा बसेका छन्, भारत र भारतीयले नेपाल र नेपालीलाई चिन्ने बुझ्ने मौंका पाएका छन् ।

अब वहाँले मात्र बोल्नुपर्छ, बाँकी सबैले सुन्नुपर्छ, बोलीहाले पनि सीमामा बसेर अरूले नबुझ्ने-नसुन्ने गरी सुसेल्दै बोल्नुपर्छ, बोल भने मात्र बोल्नुपर्छ

हजुर नै कार्यपालिका, न्यायपालिका एवम् व्यवस्थापिका ।            त्वम् शरणम् गच्छामि, प्रभु !

 

✍️ बर्दघाट–४ नवलपरासी

Leave A Reply

Your email address will not be published.