Jilla Ban Notis

जिल्ला समन्वय नवलपरासीको प्रशासनिक भवन निमार्ण हुदै

0 111

गौरीशंकर जयसवाल

परासी २२ फागुन

जिल्ला समन्वय समिती नवलपरासीको प्रशासनिक भवन निमार्ण हुने भएको छ । जिल्ला समन्वय समितीको अत्यआधुनिक प्रशासनिक भवन निमार्ण हुन लागेको हो । जिल्ला समन्वय समितीले अफानो प्रशासनिक भवनको शिलान्यास गरिएको छ । आज एक कार्यक्रमको बिच जिल्ला समन्वय समितीका प्रमुख भगौती यादव रुदलले अफानो प्रशासनिक भवनको शिलान्यास गरेका हुन ।

शिलान्यास गदै प्रमुख यादवले प्रशासनिक भवन निमार्ण सम्पन्न भएपछि नागरिकले पाउने सेवा प्रवाह सहज पुग्ने बिशवास लिएको बताए ।समयमा भवन निमार्ण सम्पन्न गरेर आम नगरिकलाई आफनै भवनबाट सहज र सुलभ तरिकले सेवा प्रवाह हुने यादवले बिश्वास व्यक्त गरेका थिए ।

डेढ बर्षभित्र प्रशासनिक भवन निमार्ण सम्पन्न हुने गरी काम अगाडी बढाईएको र उक्त भवन करिब ३ कठ्ठा क्षेत्रफलमा निमार्ण हुन लागेको प्रमुख यादवले जानकारी दिए ।उक्त भवन बनाउनको लागि ९ करोड ४२ लाख ५६ हजारमा टेन्डर आब्हान गरिएको जिससले ७ करोड ९० लाख ५६ हजार रुपैयाँ टेन्डर परेको जिससका सबईन्जिनीयार सन्देश न्यौपाने बताए । प्रशासनिक भवन निमार्ण गर्न आकृति पशुपति एभरेष्ट जेभी बुटवालले निमार्ण कार्य जिम्मा पाएको न्यौपाने बताए ।

उक्त भवनको म्याद डेढबर्षभित्र भवन निमार्ण सम्पन्न गरिसक्नुपर्ने समय तोकीएको जिल्ला समन्वय समितीका समन्वय अधिकारी मान बहादुर खड्काले जानकारी दिए । उक्त भवन दुई तल्लाको भवन निमार्ण हुने र जसमा २५ कोठाहरु रहेको खड्काले बताए ।

शिलान्यास कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल ,सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्याल,रामग्राम नगरपालिकाका उपप्रमुख सम्झना चौधरी,सम्पूर्ण राजनितीक दलको तर्फबाट जसपाका जिल्ला अध्यक्ष धरेन्द्र यादव ,पूर्वरक्षा राज्यमन्त्री रामबच्चन यादवले लगायतले अफानो धारण राखेका थिए ।

Leave A Reply

Your email address will not be published.