Jilla Ban Notis

क्रिकेट खेलाडी दिपक डुम्रेलाई बर्दघाट नगरले गर्यो सम्मान ।

0 127

कृष्ण ढकाल
बर्दघाट,फागुन–२८

बर्दघाट नगरपालिका र बर्दघाट नगर खेलकुद बिकास समितिले आज क्रिकेट खेलाडी दिपक डुम्रेलाई संयुक्त रुपमा सम्मान गरेको छ । नगर प्रमुखको कार्यकक्षमा खेलाडी डुम्रेलाई एक सम्मान पत्र सहित खादा माला र अविर लगाएर सम्मान गरीएको थियो ।
सन् २०२४ मा श्रीलङ्कामा हुन गइरहेको १९ बर्षभन्दा कम उमेर समुहको विश्व कप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमको खेलाडीमा छनौट हुन सफल बर्दघाट –१० पञ्चनगरका दिपक डुम्रेलाई बर्दघाट नगरपालिका तथा नगर खेलकुद बिकाश समितिले सम्मान गरेको थियो ।
सम्मान गर्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठले नगरको नामर राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । त्यसैगरी बर्दघाट नगर खेलकुद् बिकास समितिका अध्यक्ष दिपक थापाले बर्दघाट नगरको पहिचान दिन र नेपाललाई अन्तराष्ट्रीय स्तरमा चिनाउन सफल भएको भन्दै खेलाडी डुम्रेलाई बधाई दिनु भएको थियो ।

क्रिकेट र फुटबलमा बर्दघाट नगरका खेलाडी अन्तराष्ट्रिय खेलमैदानमा थपिदै  ।

क्रिकेट र फुटबलमा बर्दघाट नगरले नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल भएको छ ।
राष्ट्रिय क्रिकेट टिमको कप्तानका रुपमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. १४,बुद्धवस्ती निवासी रोहित पौडेल रहेका छन भने अहिले १९ बर्षभन्दा कम उमेर समुहको विश्व कप क्रिकेट प्रतियोगिताको लागि नेपाली राष्ट्रिय टिमको खेलाडीमा बर्दघाट–९ भुताहाका दिपक डुम्रे छनोट हुन सफल भएर फेरी बर्दघाट नगरले आफ्नो पहिचान दिन सफलहुदै छ ।

त्यसैगरी फुटबलको क्षेत्रवाट पनि राष्ट्रिय फुटवल टिममा रहेका बर्दघाट–९ का बिमल घर्तिमगरले अन्तराष्ट्रिय स्तरमा फुटबल खेलेर नेपाललाई चिनाउन सफल भएका छन भने अर्का बर्दघाट–९ भुताहा का टोप बहादुर रानाले ए.एफ.सी यू–२० एसियन कप छनोट प्रतियोगितामा भाग लिन बहराइ सम्म गएर फुटबलको क्षेत्रवाट नेपालसंगै बर्दघाट नगरको नाम राख्न सफल भएका थिए ।

Leave A Reply

Your email address will not be published.