Jilla Ban Notis

कोरोना भाईरसका कारण सुनवल नगरपालिकाको स्थापना दिवस सहित मेयरकप फुटबल स्थागित ।

0 14
गौरीशंकर जयसवाल
परासी २ चैत्र
नवलपरासीको सुनवल नगरपालिकाले अफानो स्थापना दिवससहित बिभिन्न कार्यक्रम स्थागित गरेको छ । बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सक्रमण नफलियौस भन्दै सुनवल नगरपालिकाले फागुन २७ गते मनाउन भनीएको अफनो स्थापन दिवससहित बिभिन्न कार्यक्रम स्थागित गरेको आज सुनवल नगरपालिकाको वडानं १३मा नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । वडानं १३ का वडाअध्यक्ष तथा नगरप्रवक्त कृष्ण प्रसाद देवकोटाका अनुसार कोराना भाईरस संक्रलाई मध्येनजर गदै  सुनवल नगरपालिकामा संचालन भैरहेको मेयरकप फुटबल स्थागित गरिएको बताए ।  देवकोटाले भने भेला गोष्ठी र स्थानिय हाटबजार बन्द गरिएको जस्मा भुमहीमा बिहीबार हाटबजार  सुनवलमा दुई दिन लाग्ने अईतबार र सोमबार लाग्ने हाट बजारहरु बन्द गरेको बताए । देवकोटाले महिला उद्यामीद्धारा संचालित तालिमहरुपनि स्थगित गरिएको भन्दै सामन्य बिद्यालयहरुको बैठक भेला नगर्न अनुरोध गरेको जानकारी गराउनु भयो ।  यस्तै सुनवल नगरपालिकामा १३ वटा प्रारम्भिक स्वास्थ्य संस्था रहेको र ती सबै स्वास्थ्य संस्थाहरुमार्फत प्रत्येक वटाहरुमा कोराना भाईर सम्बन्धी सचेतना जगाउने खालको योजना काम भैरहेको बताईएको छ । नगरपालिकाले ५ हजार मास्क माग भएको ती मास्क आएपछि बितरण गर्ने समेत अध्यक्ष देवकोटा भनाई थियो । स्वास्थ्य संस्थाहरुमा औषधीको अभाव नभएको समेत नगरपालिकाले जनाएको छ । यस्तै पश्चिम नवलपरासीसंग जोडिएको सिमानाका बजारमा सुनसान भएको छ ।  भारतमा देखिएको कोरोना भाईरस महामरीको रुपमा संक्रमण फैलिएको नेपाल भारतको सिमा बजारमा सुनसान भएको हो । भारतीय बजार ठूठीबारी र भारतको बरगदवा बजार  पसलमा सुनसान देखिएको छ ।कोराना भारतमा कोराना भाईरसको संक्रमण महामारी रुपमा देखापरेपछि नेपालीहरु भारतीय बजार नजादाँ सिमानाका नै सुनसान र भारतीय पसलमा भिडभाड समेत घाटेको ठूठीबारीका व्यापारीहरुले बताएका छन ।

Leave A Reply

Your email address will not be published.