Jilla Ban Notis

कोरोनाबाट बच्ने उपाय सिकाउदै सरावलका किशोर किशोरीहरु ।

0 25

उमेश बि.क
सरावल,चैत–१८

सरावल गाउँपालिका अन्तर्गत गठित सम्बादका किशोर किशोरीहरु स्थानीय जनतालाई कोरोनाबाट बच्ने उपाय सिकाउनमा बेस्त रहेका छन । विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न जिल्लाको सरावल गाउँपालिकाका किशोर किशोरीहरु स्थानीयहरुको घर घरमा पुगी कोरोना भाइरसबाट बच्ने उपायहरु बारे घरका अभिभाबकहरुलाई सचेत गरिरहेका छन् ।
एकातिर देशमा लक् डाउनको अवस्था छ अर्को तिर यसको महामारीका कारण हरेक जनतामा त्रासको बातावरण छ मान्छेहरु घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन तर किशोर किशोरीहरुले सरावल गाउँपालिका वडा नं. ४,५ र ६ का स्थानीय जनतालाई प्रत्यक्ष रुपमा भेटि कोरोना भाइरसका लक्ष्यण र यसबाट बच्ने उपायहरु बारे सचेत गराएकाछन्

अहिलेको अवस्थामा यस्तो काम गर्ने आट कसरि आयो ? घरबाट बाहिर जान डर लाग्दैन ? भन्ने प्रश्नको जबाफमा सरावल गाउँपालिकामा संचालित सम्बाद कार्यक्रमकी सहभागी किशोरी पार्ब्ति चौधरी र अनिल गुप्ता भन्छन,हामीलाई स्ट्रोम फाउन्डेसन नेपालको आर्थिक सहयोगमा ए.बि. सी. नेपाल र सरावल गाउँपालिकाद्वारा संचालित सम्बाद कार्यक्रमबाट यो कार्य गर्न प्रेरणा मिलेको हो
ि
यो काम कसरि गरिरहेको छ भन्ने जिज्ञासा राख्दा सरावल गाउपालिकामा संचालित सम्बाद कार्यक्रमका सहभागी दयानान्दन गुप्ता र बिपुल चौधरी भन्छन हामीले यो कार्य गर्नका लागि दुई दूई जनाको १५ वटा समूह बनाएका छौ र यो दुई दुई जनाको समुहले आफ्नो घर वरिपरिका अभिभावक, बालबालिकाहरुलाई राम्रो संग स्यानिटाईजरले हात धुने, हाच्छिउ गर्दा रुमालको प्रयोग गर्ने, रुमाल छैन भने बाहुला प्रयोग गर्ने, हात नधोई आफ्नो अनुहार नछुने, हात धुदा २० सेकेन्ड सम्म साबुन पानीले हात धुने, अस्वस्थ मानिसको नजिक नजाने, भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, जस्ता कुराहरु सिकाइरहेको र ज्वरो आउने, रुघाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटीमा संक्रमण हुने जस्ता यसका लक्षणहरुबारे पनि अभिभावकहरुलाई सचेत गराई रहेको कुरा उनि बताउछन ।

देशमा कोरोना भाइरसको त्रासले जनताहरु घरबाट बाहिर निस्कन डराई रहेकाछन् । यतिबेला सहरका हजारौ किशोर किशोरीहरु फेसबुक र मोबाइलमा व्यस्त छन् तर देशका दुर्गम ठाउका किशोर किशोरीहरु कोरोना भाइरसबाट कसरि समाजलाई बचाउन सकिन्छ भनेर घर घरमा गएर कोरोना भाइरसबारे सचेतना गराउदै हिडेकाछन् ियो उनीहरुको समाज र देश प्रतिको मोह हो िरास्ट्र र जनता प्रतिको मोह सबैमा हुन्छ नै तर मोह मात्र भएर हुदैन जब सम्म यसलाई ब्यबहारमा लागु गरिदैन िसरावल गाउँपालिकाका किशोर किशोरिहरुले रास्ट्र र जनता प्रतिको मोहलाई ब्यबहारमा उतारेका छन् र कठिन भन्दा कठिन परिस्थितिमा पनि समाजका लागि केहि न केहि सकारात्मक काम गर्न सकिन्छ र गर्नुपर्छ भनेर सचेत गराएका छन् ।

सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले किशोर किशोरीहरुको कामको प्रशंसा गर्दै विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट हुनसक्ने जोखिम न्यूनीकरण गर्न स्वास्थ्य संगठनले जारी गरेको मापदण्डअनुसार हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क प्रयोग गर्ने, सामाजिक दूरी कायम लगाएतको उपाय अपनाउन आम जनसमुदाय आग्रह गर्नु भएको हो।

नेपाल भारत खुल्ला नाका रहेको तथा विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम राखेको छ । अहिलेको यो विसम परिस्तीथिमा सम्पुर्ण नागरिकलाई सचेत भई लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।

त्यस्तै गाउँपालिकी उपाध्यक्ष उत्तमा रायले यो बिपतको समयमा किशोर किशोरीले गरेको उदाहरणीय कार्य भएकोले कोरोनाबाट वचन जरुरी रहेको छ। किनभने आफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै कोरोनाबाट बच्न जनसमुदायलाई सामाजिक दुरी बनाएर रहन आग्रह गर्नुभएको छ।

Leave A Reply

Your email address will not be published.