Jilla Ban Notis

कृषकको पक्षमा रहेर कामगर्न जुट्दै सरावल गाउंपालिका ।

0 56

फूलकुमारी ढकाल
बर्दघाट,बैशाख–१३
खेतीपातीको समय शुरु भएको र कोरोना भाईरसको संक्रमणको जोखिम रहेको अवस्थालाई मध्येनजर गर्दै कसरी किसानहरुको पक्षमा रहेर कार्य गर्न सकिन्छ भनेर आज सरोकारवालाहरुसंग सरावल गाउपालिकाले बैठक सम्पन्न् गरेको छ । आज भएको वैठकले कृषि सामाग्रीहरुको उचीत ब्यवस्थापन गर्नका लागि समिति निमार्ण गरेको छ । जुन समितिले दिएको सल्लाह सुझाव अनुसार किसानहरुका लागि कृषि वस्तु र सामानहरुसंगै मल खाद विउ विजन तगाएतका वस्तुहरु वितरण गरी बताईएको छ । आज भएको कृषकहरुसंग सम्वन्धित संघ संस्था र किसानहरुको समेत सहभागितामा कृषी र कृषकका वारेमा उचीत निर्णय लिने कोसीस गरीएको सरावल गाऊपालिकाका अध्यक्ष राधेश्याम चौधरीले बताउनु भएको छ । उहांले सरावल गाउपालिकाका कृषकहरु लाई धानको बिऊ र मल सहज आपूर्तिको लागि समन्वय सहकार्य र सहयोगको लागि सरावल सहकारी सँजाल , साना किसान सहकारी सँस्था, सहकारी सँस्था , कृषि कारोबार गर्ने कम्पनि, कृषक सँजाल र जिल्ला सहकारी सँघ का कोषाध्यक्ष लगाएत सरोकारवालाहरुसंग सँयुक्त बैठक वसीएको जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.