Jilla Ban Notis

कात्तिक ७ गतेदेखि नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापन मुक्त हुदै।

0 64

असोज २८

नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुमा कात्तिक ७ गतेदेखि अनिवार्य रुपमा विज्ञापन रहित बनाउनैपर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार विज्ञप्ति निकालेर कात्तिक ७ गतेपछि विदेशी च्यालनमा विज्ञापन प्रसारण गरेको पाइएमा कानुन अनुसार कारबाही हुने पनि चेतावनी दिएको छ ।

विज्ञापन नियमन गर्न बनेको ऐन २०७६ को दफा ६ ९१० अनुसार नेपालमा प्रसारण हुने विदेशी च्यानल विज्ञापन मुक्त अर्थात् क्लिन फिड हुनैपर्ने भन्दै मन्त्रालयले कुनै पनि बहानामा अब क्लिन फिड लागू गरेरै छाड्ने जनाएको छ ।
इण्डियन ब्रोडकास्टर फोरम, डिस्कभरी नेटवर्क, बीबीसी न्युज, नेपाल केबल टेलिभिजन महासङ्घ लगायतका संस्थाले क्लिन फिडको म्याद थप गर्न पत्र पठाएकोमा पनि मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ ।

ऐनले नै एक वर्षको तयारी अवधि दिएको र त्यो तयारी अवधि कात्तिक ७ गते सकिने भएकाले कात्तिक ७ गतेपछि सबै विदेशी च्यानल अनिवार्यरुपमा विज्ञापन रहित बनाउन मन्त्रालयले आग्रह गरेको छ ।

Leave A Reply

Your email address will not be published.