Jilla Ban Notis

एम्नेष्टी इन्टरनेसनल समूह ३१ द्वारा हस्ताक्षर संकलन अभियान सम्पन्न ।

0 141

उमेश बि.क

नवलपरासी , ५ पुस

एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासी द्वारा हस्ताक्षर संकलन अभियान कार्यक्रम सम्पन्न गरिएको छ। एसिडको खुलेआम बिक्रीवितरणलाई नियमन गर्न नेपाल सरकारलाई अनुरोध तथा मानवअधिकारको हकहितका लागि मंसिर २४ गतेबाट हस्ताक्षर अभियान सुरु गरिएको थियो।हस्ताक्षर संकलन अभियान अन्तर्गत नवलपरासीको विभिन्न स्थानमा हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो।एम्नेष्टी इन्टरनेसनल समूह ३१ परासीको आयोजनामा समूहका अध्यक्ष सद्दाम हुसेन अन्सारीले एम्नेष्टी इन्टरनेसनल समूह ३१ ले मानव अधिकारको हकहितको लागि काम गर्दै आइरहेको संस्था भएको हुनाले नेपालमा एसिडको खुलेआम बिक्रीवितरण भइरहेको कार्यलाई बिक्रीवितरण गर्न रोक्नका लागि ४२०० हस्ताक्षर संकलन गरिएकोको र यश अभियानमा संलग्न भएको सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै हामी सबै मानव भइसके पछि मानव अधिकारका लागि लाग्नुपर्ने कुरामा जोड दिदै कार्यक्रम सम्पन्न गर्नुभएको हो।

Leave A Reply

Your email address will not be published.