Jilla Ban Notis

उदय युवा क्लवद्धारा धार्मिक तथा सामाजिक संघ संस्थाको परीसरमा वृक्षारोपण

0 42
मुक्ति तिवारी
बर्दघाट,साउन ४
उदय युवा क्लव बर्दघाट नगरपालिका वडा नम्बर १४ धर्मबस्तिको आयोजनामा आईतवार बृक्षारोपण गरिएको छ। क्लबले धर्मबस्तिमा रहेका गुम्बा ,शिवालय मन्दिर ,उदय युवा क्लबको प्राङ्गण र धर्मबस्ती खेलमैदान वरिपरि असोका र धुपी सल्ला प्रजातिका २७० वटा बिरुवा लगाएको छ। जैविक बिविधताको संरक्षण गर्दै पर्याबरणिय सुन्दरताका लागि बृक्षारोपण गरिएको क्लबका अध्यक्ष जीवन कामुले बताए।       मानव जिवनका लागि रुख,बिरुवा को ठूलो महत्व हुनाले यस क्षेत्रलाई भावी दिनमा हरियाली धर्मबस्तिको रुपमा परिचित गराउनका निम्ति बृक्षारोपणलाई निरन्तरता दिईने उनले बताए।
बृक्षारोपण कार्यक्रममा क्लबका पुर्व पदाधिकारीहरु,स्थानिय समाजसेवी,आमा समुह,टोल बिकास समिती लगायत स्थानिय युवाहरुको उत्साहजनक सहभागीता रहेको थियो।  बृक्षारोपण गर्नु मात्रै ठूलो कुरा नभई यसलाई जोगाउनु,हुर्काउनु र यसको आवश्यक संरक्षण गर्नु मुख्य कुरा रहेको सहभागीहरुले बताए।तसर्थ सबैले यसको संरक्षण र प्रवर्द्धनमा जोड दिनु पर्ने उनिहरुले बताए। जेष्ठ नागरिक लक्षु गाहाले बृक्षारोपण गरि कार्यक्रमको शुभारम्भ गरेका थिए।

Leave A Reply

Your email address will not be published.