Jilla Ban Notis

आवश्यकता अनुसार जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र बनाउन मुख्यमन्त्री पोखरेलको निर्देशन ।

0 57

बुटवल,भदौं ८
जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन मुख्यमन्त्री शंकर पोखरेलले जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग एकीकृत भिडियो संवाद गर्ने क्रममा उक्त निर्देशन दिनु भएको हो ।
सोक्रममा मुख्यमन्त्रीलाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि गरीएका प्रयासवारेमा जानकारी गराएका थिए ।
एकीकृत भिडियो संवादमा मुख्यमन्त्रीले पिसिआर परिक्षण र कन्ट्याक टे«सिङको काम प्रभावकारी बनाउन निर्देशन दिनुभयो । उहाँले लकडाउन र निषेधाज्ञालाई आवश्यकता र औचित्यताको आधारमा गर्न र लकडाउन र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउनुपर्ने बताउनुभयो ।
उहाँले भारतबाट आउने नागरिकलाई व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, होल्डिङ क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले श्रृजना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिडको उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई अघि बढाउन आग्रह गर्नुभयो । उहाँले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ,त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत भएका काम र समस्या प्रस्तुत गर्नुभयो । साथै तत्काल प्रदेश र संघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई जानकारी गराउनुभयो ।

Leave A Reply

Your email address will not be published.