Jilla Ban Notis

सांसद कण्डेलद्धारा स्वास्थ्यकर्मी र पत्रकारहरुलाई खाजा वितरण ।

0 39

बैशाख–११
संघिय सांसद देवेन्द्रराज कण्डेलले कोरोना भाईरसको संक्रमण रोकथाम तथा उपचार सेवा प्रदान गरिरहेका नवलपरासी जिल्लाका स्वास्थ्यकर्मी र जनचेतना फैलाउ खटिरहेका पत्रकारहरुलाई खाजा वितरण गर्नुभएको छ । नेपाली कांग्रेस पाल्हीनन्दन गाउँकार्यसमितिको आयोजनामा कुल २ सय ८० कार्टुन वाईवाई चाउ–चाउ र २ सय १५ कार्टुन मिनरल पानी जिल्ला समन्वय समिति मार्फत जिल्ला स्वास्थ्य कार्यालय र पत्रकार महासंघलाई हस्तान्त्रण गरिएको हो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहनु भएका सांसद देवेन्दंराज कण्डेलको सहयोगमा प्राप्त २ सय ८० कार्टुन चाउ–चाउ र पाल्हीनन्दन गाउँपालिकाको ६ वटा वडा कार्यसमितिको आर्थिक सहयोगमा प्राप्त २ सय १५ कार्टुन पानी समन्वय मार्फत ति दुबै संस्थालाई हस्तान्तरण गरिएको संगठन विभाग प्रमुख राजेन्द्र सहानीले जानकारी दिनुभयो । जिल्लामा कुल ६ सय २० जना स्वास्थ्यकर्मीहरु कार्यरहत छन भने सय भन्दा बढि क्रियाशिल पत्रकारहरु कार्यरत छन् ।
जिल्लाको ७ वटै स्थानिय तहमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई जिल्ला स्वास्थ्य कार्यालय मार्फत सो खाजा वितरण गरिने र नेपाल पत्रकार महासंघ मार्फत पत्रकारहरुलाई उक्त खाजापानी वितरण गर्ने उद्देश्यले ति दुबै संस्थाहरुलाई हस्तान्तरण गरिएको सांसद कण्डेलले जानकारी दिनभयो । उहाका अनुसार हस्तान्तरित चाउ–चाउ र पानी जिल्ला स्वास्थ्य कार्यालय मार्फत ४ गाउँपालिकालाई ३०/३० कार्टुन चाउ–चाउ र २५/२५ कार्टनु पानी हस्तान्त्रण गरिने छ भने पत्रकार महासंघलाई ४० कार्टुन चाउ–चाउ र ४० कार्टुन पानी हस्तान्त्रण गरिने बताउनुभयो ।
यस्तो महामारीको बेलामा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी र जनचेतना तथा सन्देश दिईरहेका पत्रकारहरुलाई दिउँसो खाजा र पानी खान सहयोग होस् भन्ने उद्देश्यले उक्त सामाग्री हस्तान्त्रण गरिएको सांसद कण्डेलले बताउनुभयो । नेपाली कांगे्रस जिल्ला सभापति विष्णु प्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद बैजनाथ जयसवाल, नेपाली कांगेस सह अध्यक्ष सुबाष गिरि, जिल्ला सह–सचिव एवं जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय, क्षेत्रिय सभापति एवं रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ता र जिल्ला सचिव गजानन्द पटेल, पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पावित्रा कोहार, सरावल गाउँपालिका उपाध्यक्ष उत्तमा राय, लगायतले यस सहयोगले स्वास्थ्यकर्मी तथा पत्रकारहरुको मनोबाल बढ्ने र केहि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.