Jilla Ban Notis

आउदो चैत्र ९ गते देखि १५ गते सम्म बुटवलमा चक्र विज्ञान सप्ताह हुने ।

0 44

ईन्दिरा विश्वकर्मा
सुनवल ,माघ–२६
जीवन विज्ञान प्रादेशिक वृत्त ५ नं प्रदेशको आयोजनामा स्वस्थ , शान्त र समृद्ध जीवनका लागीे चक्र विज्ञान सप्ताह कार्यक्रम हुने भएको छ । बुटवलमा बसेको जीवन विज्ञान प्रदेश नं ५को बैठकले आउदो चैत्र ९ गते देखि १५ गते सम्म बुटवलको होटल पौवामा चक्र विज्ञान सप्ताह गर्ने निर्णय गरेको जीवन विज्ञान प्रदेश नं ५का संयोजक राधा शर्माले बताउनु भएको छ ।
ब्यक्ति भित्र सुक्ष्म रुपमा रहेका चक्रहरुलाई जागृत गरी स्वनिर्भर  र अत्यन्तै क्षमतावान, प्रभावशाली, बनाउने अर्थात सबल ब्यक्तित्व निमार्ण गर्ने उद्देश्यले आउदो चैत्र ९ गते देखि १५ गते सम्म चक्र विज्ञान सप्ताहको आयोजना गर्न लागिएको संयोजक शर्माले जानकारी गराउनु भएको थियो । एक हप्ता सम्म संचालन हुने चक्र विज्ञान सप्ताह कार्यक्रमको सहजीकरण जीवन विज्ञान विशेषज्ञद्वय रमेश नेपाल र एल.पि. भानु शर्माले गर्नुहुने  बताईएको छ ।

Leave A Reply

Your email address will not be published.