Jilla Ban Notis

अनेमसंघ नवलपरासी केपी ओली समुहद्धारा गृहमन्त्रीलाई ज्ञापन पत्र

0 72

कृष्ण ढकाल
बर्दघाट,पौष–२३
अखिल नेपाल महिला संघ (अनेमसंघ) केपी ओली समुह पश्चिम नवलपरासीले आज प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ। रास्ट्रपति र प्रधानमन्त्री विरुद्ध सडक र सामाजिक संजालमा अत्यन्तै अशोभनीय ,अमर्यादित अपमानजनक गाली गलोज गर्नेहरुलाई तत्काल कानुन बमोजिम कार्वाहीको माग गर्दै अनेम संघ नवलपरासी ले जिल्ला प्रमुख अधिकारी मार्फत गृहमन्त्री लाई ज्ञापन पत्र पठाएको हो ।

प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक समक्ष ज्ञापन पत्र बुझाउन नेकपा ओली समुहका केन्द्रिय सदस्यद्धय विमला अर्याल, सरिता खनाल र अनेमसंघ जिल्ला संयोजक राधा ढकाल, जिल्ला सचिव यमकुमारी सुवेदी जिल्ला सदस्य रिंगला यादव लगायतको टोली प्रमुख जिल्ला अधिकारीको कार्य कक्षमा पुगेको थियो।

Leave A Reply

Your email address will not be published.