Jilla Ban Notis

अनाथ बाल–बालिकाहरुलाई भोजन खुवाउनेकार्य सम्पन्न्।

0 101

कृष्ण ढकाल
बर्दघाट,मंसीर–२८
लायन्स क्लव अफ नवलपरासी दाउन्नेले अनाथ बाल–बालिकाहरुलाई भोजन खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। गत शनिवार बिनय त्रिबेणि गाउपालिका अन्र्तगत पर्ने दाउन्नेमा रहेको अहिंसावादी महाबोध अनाथ विद्यापिठका बाल–बालिकाहरुलाई लायन्स क्लव अफ नवलपरासी दाउन्नेले भोजन खुवाउने कार्यक्रम सम्पन्न गरेको हो।

लायन कमल पौडेलका छोरा सदभिक पौडेल को प्रथम जन्मदिन तथा लायन यज्ञ प्रसाद पौडेलको जन्मदिनको उपलक्ष्यमा संयुक्त रुपमाद्धय पौडेलको आर्थिक सहयोगमा अनाथ बाल–बालिकाहरुलाई भोजन खुवाउने कार्य सम्पन्न गरीएको लायन छवि ढकालले बताउनु भएको छ ।

भोजन खुवाउने कार्यक्रमको समुद्घाटन कार्यक्रम कल्बका अध्यक्ष लायन तिलकराम खनालको अध्यक्षता र डिस्टिक ३२५ बि टू नेपाल जोन १९९ का प्रमुख सन्तोष कुमार जोशीको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रम संयोजक तथा कल्बका प्रथम उपाध्यक्ष भिम प्रसाद सुवेदी (मनोज)को स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रममा बौद्ध आर्चाय खेन्पो पेमासम्बा लामा,अहिंसावादी महाबोध अनाथ विद्यापिठ दाउन्नेका प्र.अ. सानीमाया तामाङ्ग लगाएतले आ–आफ्ना भनाईहरुाख्नु भएके थियो भने कार्यक्रमको संचालन कल्बका सचीव रमेश कुमार श्रेष्ठले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.