Jilla Ban Notis

२०७७ चैत्र मसान्त सम्म बर्दघाट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने प्रतिवद्धता सहित कार्यशाला गोष्ठी सम्पन्न् ।

0 32

कृष्ण ढकाल
बर्दघाट,माघ–१८
२०७७ चैत्र मसान्त सम्म बर्दघाट नगरपालिकालाई बालमैत्री घोषणा गर्ने प्रतिवद्धता सहित दुई दिने अन्तर विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न् भएको छ ।  शुक्रवार र शनिवार पाल्पामा भएको दुई दिने दिने अन्तर विश्लेषण तथा योजनातर्जुमा कार्यशाला गोष्ठीले  ४३ वटा सुचक र १६ वटा खुड्कीलाहरु पुरागर्दै २०७७ चैत्र मसान्त भित्र बर्दघाट नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्नेगरी प्रतिवद्धता पत्रमा हस्ताक्षर गरीएको छ । सरोकारवाला निकायहरुको सहभागितामा तयार पारिएको उक्त बालमैत्री नगर घोषणा योजना तर्जुमा कार्यशाला गोष्ठीमा सहभागिहरुले उक्त प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।
नेपाल सरकारले तयगरेका अनिर्वाय ३९ सुचकहरुमा ४ वटा सुचक थपगरी ४३ वटा सुचक कायम गरीएको छ । जस्मा आयोडिन युक्त नुनको प्रयोग,बालबालिकाहरुको वृद्धि अनुगमन,नगरक्षेत्रमा अब बन्ने सरकारी भवनहरु लैंगिक तथा बालमैत्री हुने र आधारभुत शिक्षाको लैंगिक समनता सुचकलाई थप गरीएको छ ।   बालवालीकाको लागि लगानी,ल्याउछ सुनौलो विहानी भन्ने मुल नाराका साथ  शुरु भएको  दुईदिने गेष्ठीमा बर्दघाट नगरपालिकाका जनप्रतिनिधि,कार्यपालिका सदस्य,कर्मचारी,बाल क्लवका प्रतिनिधि, गैर सहकारी तथा सामाजिक संघ संस्था र बर्दघाट उद्योग वाणीज्य संघका प्रतिनिधि एवं पत्रकारहरुको समेत सहभागिता रहेको थियो ।
अन्तर विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठीको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्र्दै बदर्घाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले बर्दघाट नगरलाई समृद्धि बनाउनका लागि बर्दघाट नगर बालमैत्री हुन आवश्यक रहेकोमा जोड दिनु भयो । साथै सबै सरोकारवालाहरुसंग बसेर योजना बनाउनु पर्ने तर बर्दघाटमा नै कार्यक्रम आयोजना गर्दा सबैले समय दिन नसक्ने भएकाले घनिभुत सहभागिताका लागि पाल्पाको तानसेनमा गोष्ठीको आयोजना गरीएको प्रष्टपार्नु भएको थियो ।
४५ जना सहभागि रहेको उक्त अन्तर विश्लेषण तथा योजना तर्जुमा कार्यशाला गोष्ठीमा बेस ईभलपमेन्ट कनसल्टेन्सीका शालिकराम पोखरेल र शालिकराम पाण्डेले सहजीकरण गर्नु भएको थियो ।
बालमैत्री नगर घोषणाका लागि शुरु गरीएको अभियानको पहिलो कार्यक्रम अर्थात योजना तर्जुमा कार्यशाला गोष्ठीले नगर प्रमुख वस्यालको अध्यक्षतामा नगष्र स्तरीय बालमैत्री स्थानिय शासन समनवय समिति समेत गठन गरेको छ । जस्मा उपाध्यक्ष नगर उप प्रमुख माया देवि पौडेल र सदस्यहरुमा नगरपालिकाका सबै शाखा प्रमुखहरु नगर बाल संजालको अध्यक्ष र महिला तथा बालवालिकाको कर्मचारी र नगर पालिकाका प्रशासकिय अधिकृत पदेन सदस्यका रुपमा रहने ब्यवस्था गरीएको छ भने बालबालिकाहरुको क्षेत्रमा काम गरेका संघ संस्थाहरु र संचार क्षेत्रवाट पनि सहभागिता रहनेगरी समिति गठन गरीएको छ ।
त्यसैगरी कार्यशाला गोष्ठीको समापन कार्यक्रममा वाल्दै बाल क्लवका सदस्यले बालमैत्री नगर घोषणा गर्ने कार्यको शुरुवाद गरेकोमा धन्यवाद दिदै विद्यालयका विद्यार्थीहरुलाई नगरपालिकाले दिने खाजा खर्चको रकम कमभएको गुनासो गरेका थिए ।
तर नगर प्रमुख वस्यालले भने नगरपालिकाले निर्धारण गरेको रकम भन्दा राज्यले तयगरेको रकम कमभएकाले अब त्यस प्रति आफुहरुले कुनै विकल्प खोज्ने बताउनु भएको थियो । त्यसैगरी अब नगरलाई बालमैत्री बनाउन सबैले आ–आफ्नो स्थानवाट लाग्न समेत आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.