Jilla Ban Notis

१०८ वर्षीय बुवाले गरे छोराको चौरासी पुजा ।

0 31

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–१३

चौरासी वर्ष पुगेपछि चौरासी पुजा गर्ने चलन नौलो नभएपनि बाबुले छोराको चौरासी पुजा गरेको दृश्य भने विरलै देख्न पाईन्छ । नवलपरासी जिल्लाको सुनवल नगरपालिका वडा नं. १२ हरकट्टामा १०८ वर्षीय जेष्ठ नागरिक केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिराम ज्ञवालीको चौरासी पुजा गराउनु भएको छ ।

बाबुले छोरोको चौरासी गरेको कहिल्यै नदेखिएको भन्दै स्थानीयवासीहरु अचम्मीत हुँदै १०८ वर्षीय ज्ञवालीसँग आर्शीवाद लिईरहेका थिए । विसं १९७० साउन १६ गते गुल्मीको बलेटक्सारमा जन्मिनुभएका ज्ञवालीका चारै छोरा अहिलेपनि हुनुहुन्छ । ८४ वर्षीय जेठा छोरा दधिरामको चौरासी पुजा गरीरहदा माईला छोरा ऋषिराम ८० वर्षका भएकाछन भने साईला छोरा हरिप्रसाद ७७ वर्ष र कान्छा छोरा डा.बाबुराम ६३ वर्षका भएका छन् । १०८ वर्षीय जेष्ठ नागरिक केशवराज ज्ञवाली अहिले पनि स्वस्थ्य हुनुहुन्छ । आफ्नो पुरा जिवन खेतीपातीमै विताउनुभएका १०८ वर्षीय केशवराज ज्ञवालीलाई अहिलेसम्म कुनै औषधी खुवाउनु नपरेको उहाँका साईँला छोरा हरिप्रसादले बताउनुभयो ।

छोराको चौरासी गर्न पाउँदा भाग्यमानी ठानेको बताउँदै १०८ वर्षीय केशवराजले आर्शीवाद लिन आउने सबैलाई स्वस्थ्य सुखी र खान पुगोस् भनी आर्शीवाद दिनुभएको थियो । आफूले यस्तो दृश्य नदेखेको तर बुबाले आफ्नै चौरासी पुजा गरिदिँदा आफुलाई निकै खुशी लागेको चौरासी पुजा गरीरहनु भएकाछोरा दधिरामले बताउनुभयो । १०८ वर्षीय जेष्ठ नागरिक केशवराज ज्ञवालीको अहिले पाँचौ पुस्ता (खलाती) चलिरहेको छ । उहाँका खलाती शिवम् ज्ञवाली दुई वर्ष पूरा भएका छन् ।
साईँला छोरा हरिप्रसादका नाती शिवम् ज्ञवाली र वृद्ध केशवराजको उमेर ठिक १०० वर्षले फरक छ । शिवम् २०७० साउनमा जन्मेका हुन् । यस्तो अनौठो दृश्य देख्न पाउँनु र चौरासी पुजामा बाबुछोराकै आर्शीवाद लिन पाउनु नौलो दृश्य रहेको स्थानीय समाज सेवी राजकुमार श्रेष्ठले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.