Jilla Ban Notis

स्मार्ट शौचालय बनाउने भनिएको स्थानमा जथाभावि रुख काट्यो कस्ले ?

0 38

कृष्ण ढकाल
बर्दघाट,फागुन–२८
प्रदेश नं.५को पुर्विद्धारमा स्मार्ट शौचालय बनाउने भनिएको पारिजात सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रमा पर्ने स्थानमा जथाभावि रुपमा रुखकाटिएको विषयले यतिवेला चर्चा पाएको छ । बर्दघाटको पारिजात सामुदायिक वनक्षेत्रमा पर्ने सो स्थानमा शनिवार एकाएक १ सय १९ वटा रुखहरु काटिएको बुझिएको छ । यस विषयमा नत पारिजात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चुरामणी भण्डारीलाई थाहा छ, न बर्दघाट सरावल डिभिजन वन कार्यालय बर्दघाटका प्रमुख रामनारायण शाहलाई नै थाहा छ ,न बर्दघाट नगरपालिका नगर प्रमुख धिरज शर्मालाई थाहा छ । आखिर कस्ले काट्यो ति रुखहरु ? सबको चांसोको विषय बनेको छ । यस विषयमा तिनै निकाएका प्रमुख जिम्मेवार ब्यक्तिहरुलाई सोध्दा कसेले पनि आफुहरुलाई थाहा नभएको गाउंले दर्पण अनलाईनलाई बताएका छन् । तर केहि सर्वसाधरणहरु भने राजमार्ग विस्तारका क्रममा रुख काटीएको भन्ने हल्ला फिजाएर त्यही मौकापारी स्मार्ट शौचालय बनाउने भनिएको स्थानमा रुख काटेको अनुमान गरेका छन् । अहिले काटिएका ति रुखहरु पनि कहां गए पत्तो छैन् । त्यहां लहरे पिपल,सिसौ लगाएतका साना ठुला रुखहरु रहेका थिए ।
५ नं. प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालय अन्र्तगत खानेपानी तथा सरसफाई डिभिजन कार्यालय रुपन्देहीले ५ नं. प्रदेशको पूर्वीद्धारमा स्मार्ट शौचालय बनाउने योजना अघिसारेसंगै सो क्षेत्रमा करिव १ विघा जग्गा उपलब्ध गराउन बर्दघाट नगरपालिकालाई पत्राचार गरेको बुझिएको छ । बर्दघाट नगरपालिकासंग आफ्नो माताहतको जग्गा नभएपछि नगरपालिकाले पारिजात सामुदायिक वनसंग जग्गामाग्न पुगेको बुझिएको छ ।
यता बर्दघाट नगरपालिकाको माग पत्रअनुसार पारीजात सामुदायिक वन उपभोक्ता समुहले आफ्नो २१औं वार्षीक साधरण सभा तथा अधिवेसनवाट स्मार्ट शौचालय बनाउन वन ऐन २०७६ विपरीत नहुने गरी सिफारीस दिने निर्णय गरेको थियो । सोहीे अनुसार यहि फागुनको दोस्रो हप्तामा बसेको कार्यसमितिको वैठकको निर्णयले वन ऐन २०७६ विपरीत नहुने गरी प्रक्रिया अघिबढाउनका लागि सिफारीस दिएको पारिजात सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चुरामणी भण्डारीले बताउनु भएको छ ।
बर्दघाट सरावल डिभिजन वन कार्यलय बर्दघाटका प्रमुख रामनारायण शाहले आफुलाई प्राप्त भएको पत्रका आधारमा आफुले वन ऐन २०७६को दफा ४२ बमोजिम प्रक्रिया पुराएरमात्र वनक्षेत्रमा भौतिक निमार्ण कार्य गर्न पाईने भएकाले सोही अनुसार गर्न गराउन अनुरोध गरी नगरपालिकालाई पत्राचार गर्ने तयारी गरेको बताउनु भएको छ । अन्यथा वन ऐन २०७६ र वन नियमावली २०५१ अनुसार कावार्हि प्रक्रिया अघिबढाईने समेत बताउनु भएको छ ।
यस विषयमा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा वस्यालले भने नगरपालिकाले पारिजात सामुदायिक वनसंग जग्गा मागगरे अनुसार पूर्वमा २२ नं. खोला , पश्चिममा ईलाका प्रहरी कार्यालय बर्दघाट,उत्तरमा पारिजात वन र दक्षिणमा राजमार्ग भित्रको क्षेत्रलाई सिफारिस दिएको र सोहि अनुसार प्रक्रिया अघि बढेको वांकी अरु कुरा आफुलाई थाहा नभएको बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.