Jilla Ban Notis

स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सक्रिय बनाएर अगाडि बढ्न मुख्य मन्त्री पोखरेलको निर्देशन ।

0 14

रुपन्देही,जेष्ठ–४
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले आज भैरहवामा रुपन्देहीका स्थानीय तहका प्रमुख, रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीसंग कोभिड १९ विरुद्ध भइरहेका काम,योजना र प्राथमिकता बारे छलफल गर्नुभएको छ । बैठकमा उहाँले स्थानीय तह, राजनैतिक दल, सुरक्षा र प्रशासन कार्यालय बीचको दरिलो समन्वय र सहकार्यबाट मात्रै कोभिड १९ लाई जित्न सकिने भएकाले प्रभावकारी समन्वय गरी अघि बढ्न निर्देशन दिनुभएको छ । उहाँले प्रदेश नं. ५ कोभिड–१९ संक्रमण तथा नियन्त्रणका लागि अरु प्रदेश भन्दा एक कदम अगाडि भएको बताउदै केन्द्र सरकारले अस्पतालहरुमा आइसोलेसन शैया बनाउन निर्देशन दिदा कोराना बिशेष अस्पताल निर्माण गरेर जनताको पक्षमा काम गरेर देखाएको बताउनुभयो । उहाँले क्वारेन्टाइनको क्षमता र गुणस्तर बढाउने गरी काम गर्न निर्देशन दिनुभयो । उहाले भारतीय पक्षले उच्च सर्तकता अपनाउन नसकेका कारण जोखिम बढेकाले सबैको समन्वय र सहकार्यबाट कोरोना विरुद्धको लडाईलाई जित्न सकिने बताउनुभयो । अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च पार्ने गरी जनप्रतिनिधि र मिडियाले भूमिका खेल्न आग्रह समेत गर्नुभयो ।
उहाँले लकडाउनको विकल्प नभएको उल्लेख गर्दै पालिका स्तरमा गर्न सकिने काम पालिकाले गर्ने, स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रमलाइ समेत सक्रिय बनाएर अगाडि बढाउने, अन्तरपालिका स्तरका काममा प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर पटके स्वीकृतिको व्यवस्था गर्ने बताउनुभयो । बैठकमा सहभागी स्थानीय तहका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीले कोभिड १९ रोकथाम र उपचारमा अहिले भइरहेका काम र समस्याबारे जानकारी गराउनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.