Jilla Ban Notis

स्थानिय तहहरुद्धारा बजार अनुगमन प्रभावकारी हुन नसकेको स्वीकार ।

0 44
गौरीशंकर जयसवाल
परासी २ चैत्र
पश्चिम नवलपरासीका स्थानिय तहहरुले बजार अनुगमन प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन् । सामुदायिक रेडियो परासी र उपभोक्ता हित संरक्षण मंच नवलपरासीको संयुक्त आयोजना एवं रामग्राम नगरपालीकाको आर्थिक सहयोगमा आज परासीमा भएको सरोकारवाला बिचको रेडियो संवाद कार्यक्रममा बोल्ने जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् ।   उनीहरुले अझै पनि कतिपय स्थानिय तहले कानुन नै निर्माण नगर्दा  बजार अनुगमन प्रभावित भएको छ भने कतिपय स्थानिय तहले हालसम्म एक पटक पनि बजार अनुगमन गरेका छैन्न । कार्यक्रममा बोल्दै रामग्राम नगरपालीकाका मेयर नरेन्द्र कुमार गुप्ताले  संघ र प्रदेशले कानुन बनाएर मात्रै स्थानिय तहले कानुन बनाउदा वैद्य हुने भएकाले केहि ढिलाई  भएको हुन सक्ने बताए । स्थानिय तहमा बजार अनुगमनको जिम्मेवारी नगर उपप्रमुख र गाँउपालीका उपाध्यक्षको भएको बताउदै मेयर गुप्ताले त्यस्मा उनिहरुले भुमिका खेल्नुपर्नेमा भनाई थियो । उपप्रमुखको राजस्व परामर्श समिति, न्यायिक समिति र अनुगमनको जिम्मेवारी रहेको बताउदै उनले  त्यति धेरै कामको प्रेसर पनि उपप्रमुखहरुलाई नभएको जिकिर गरेका थिए  ।
रामग्राम नगरपालीकाकै उपमेयर रम्भाँ कुवँरले  नगरपालीका बाट बजार अनुगमनको काम प्रर्याप्त हुन नसकेको स्वीकार गर्दे आगामी दिनमा निरन्तरता दिने बताउदै रामग्राम नगर क्षेत्र भित्रका  बजारमा बेथिति रहेको बताउदै उपमेयर कुँवरले त्यसलाई सुधार गर्न अब छिट्टै कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन । सुनवल नगरपालीकाका उपमेयर दधिराम अर्यालले कर्मचारी  अभाव लगाएतका समस्याका कारण बजार अनुगमन नियमति हुन नसकेको बताउदै त्यस्लाई अब निरन्तरता दिने बताए । अर्यालले सुनवल नगरपालीकाले कानुन निर्माण गरेरै बजारलाई व्यवस्थित बनाउन काम गर्दे आएको जानकारी  गराउदै खुल्ला रुपमा माछा मासु विक्रि गर्न रोक्नका लागी नगरपालीकाले पहल गर्दे  आएको र नियन्त्रण र नियमन त्यति सहज भने नभएको स्पष्ट पारे ।बर्दघाट नगरपालीकाकि उपमेयर माया देवि पौडेलका अनुसार बर्दघाटमा पनि बजार अनुगमन प्रभावकारी भएको छैन् । खुल्ला रुपमा विक्रि हुने मासु पसललाई बन्द गर्ने क्रममा रहेको र छिट्टै परिणाम  देखिने बताईन ।
पाल्हीनन्दन गाँउपालीकाकि उपाध्यक्ष पावित्रि कोँहारले पाल्हीनन्दन गाँउपालीकामा कानुन पनि नबनेको र बजार अनुगमन पनि एक पटक पनि हुन नसकेको बताउदै विगतमा कर्मचारीहरुका कारण आफुले पहल गरेपनि कानुन पनि बन्न नसकेको र बजारमा बेथिति बढ्दै गएको बताईन । खुल्ला सिमानाका कारण अखाद्य वस्तुको विक्रि वितरण भईरहेको बताउदै उपाध्यक्ष कोँहारले एक हप्ता भित्र कानुन निर्माण हुने र बजार अनुगमन पनि सुरु हुने उनको भनाई थियो ।
सरावल गाँउपालीकाका उपाध्यक्ष उत्तमा रायले सरावल गाँउपालीकामा बजार क्षेत्र कम भएकाले त्यति समस्या नभएको दाबी गर्नुभयो । नियम कानुन का कारण पनि अनुगमन प्रभावकारी हुन नसकेको बतादउै रायले जनशक्ति अभाव पनि मुख्य समस्या रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक लालमणी आचार्यले प्रहरी प्रशासन मार्फत बजार अनुगमनका काममा साथ रहने र मातहतका सबै प्रहरी कार्यालयहरुलाई यस बारे निर्देशन समेत दिएको बताए । प्रहरीको जिम्मेवारी धेरै रहेको बताउदै तस्करी नियन्त्रणमा पनि प्रहरीले पछिल्लो समय महत्वपुर्ण भुमिका खेलीरहेको आचार्यको दाबी छ ।  घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्र प्रसाद भुसालले बजार अनुगमन भएर दोषि भेटिएकालाई पनि प्रभावकारी रुपमा कारवाहि हुन नसकेको गुनासो गरेका थिए ।  पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्माले कर्मचारी अभाव, कानुन अभाव भनेर स्थानिय तहले छुट नपाउने बताउदै। बजारमा कालोबजारी बढेको बताए ।  शर्माले यस प्रति स्थानिय तहलाई जिम्मेवार बन्न सुझाव दिदै दोषि भेटिएकालाई कडा कारवाहि गर्नुपर्नेमा जोड दिए ।
नागरिक समाजका जिल्ला अध्यक्ष कैलाश ठाकुरले उपभोक्ता स्वयम सचेत हुनुपर्नेमा जोड दिदै ।  उत्पादक र विक्रेताले पनि मानवियता विर्सन नहुने भन्दै समाजमा दानविय प्रवृत्ति बढ्दै जादा कालोबजारीले पनि प्रश्रय पाएको टिप्पणी गरे ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका केन्द्रिय सदस्य रामजि ज्ञवालीले उपभोक्ता अधिकार र स्थानिय तहको भुमिकाको विषयमा प्रकाश पारेका थिए ।  बिकास अधिकारीले संञ्चालन गर्नुभएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मंचका प्रदेश सदस्य धनञ्जय पौडेल, जिल्ला अध्यक्ष रामचन्द्र पौडेल रेडियो परासीका उपाध्यक्ष राजकुमार रेश्मिी लगाएतले बोलेका थिए ।

Leave A Reply

Your email address will not be published.