Jilla Ban Notis

सुस्ता गाउँपालिकाको मुख्य नाका नथइनगरमा हेल्थ डेक्स सञ्चालन ।

0 19
श्याम थापा
सुस्ता, चैत ६
सुस्ता गाउँपालिकाको मुख्य नाकाको रूपमा रहेको नथइनगरमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको छ । सुस्ता गाउँपालिकाको कार्यालयले विश्वव्यापी रुपमा फैलिदै गरेको कोरोना भाइरसलाई मध्यनजर गर्दै नेपाल–भारत सिमा अन्तर्गत सुस्ताको मुख्य नाका नथइनगरमा स्वास्थ्य सहायता कक्ष संचालनमा ल्याएको हो । विभिन्न मुलुक लगायत छिमेकी राष्ट्र भारतमा पनि कोरोना भाइरस देखा परेपछि भारतबाट नेपाल भित्रने नागकिलाई परिक्षण गर्नका लागि हेल्थ डेस्क ९सहायता कक्ष० स्थापना गरिएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले बताउनुभयो । हेल्थ डेस्कमा स्वास्थ्य चौकीका दुई कर्मचारीलाई खटाएर संचालनमा ल्याएको उहाँले बताउनुभयो । विहिबार स्थानीय एक नागरिकलाई चेक गरि हेल्थ डेक्सको अध्यक्ष पाण्डले उद्वघाटन गर्नुभएको छ । सहयाता कक्षा उद्धघाटन कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष इन्द्र कुमारी थरुनी, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्याल, प्रहरी चौकी रामनगरका इन्चार्ज अमर बहादुर विक, वडा अध्यक्ष प्रभुनाथ यादव, गाउँपालिका योजना शाखा प्रमुख बिष्णु प्रसाद ढकाल लगायतले कोरोना भाइरस अर्थात कोविड–१९ बाट सचेत रहन र सरसफाइ प्रती ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.