Jilla Ban Notis

सुस्तामा भेटिएको हरिण वन कार्यालयलाई जिम्मा लगाईयो ।

0 17

सुस्ता, चैत्र २५
नवलपरासीको सुस्ता वडा नम्बर १ बरुवा बनकट्टीमा गर्मिले तिर्खाएर मुक्र्षित अवस्थामा एक हरिण फेला परेको छ । वरुवाका स्थानिय विन्दु मुसहरको खेतमा गर्मिले तिर्खाएर मुक्र्षित अवस्थामा घस्रिदै गरेको अवस्थामा उक्त हरिण भेटिएको स्थानियले बताएका छन् । उनीहरुका अनुसार सो हरिणलाई शसस्त्र प्रहरी बल वि.ओ.पी. सुस्ता र कुडिया चौकीबाट खटिएका सुरक्षाकर्मीले उद्धार गरेर बन कार्यालको जिम्मा लगाएको बुझिएको छ ।  हरिणलाई प्रतापपुर सुस्ता सव डिभिजन वन कार्यालय र डिभिजन बन कार्यालय परासीका बन अधिकृत रविन्द्र जि.सी लाई जिम्मा लगाईएको शसस्त्र प्रहरी बल वि.ओ.पी. सुस्ताका शसस्त्र प्रहरी निरिक्षक उत्तम सिलवालले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.