Jilla Ban Notis

सुस्ताका गुरुङ्ग बेपत्ता खोजीकार्य गरिदिन परिवारको आग्रह ।

0 28

श्याम थापा
सुस्ता २८ कार्तिक

नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका वार्ड न ४ नर्सही स्थित जर्लैया बस्ने पुर्ना गुरुङ्ग यही कार्तिक २६ गते देखि बेपत्ता भएका छन । पुर्ना गुरुङ्ग पेवत्ता भएपछि उनको खोजीकार्य गरिदिनको लागि गुरुङ्गको परिवारले आग्रह गरेको छ ।

सुस्ता ४ नर्सही स्थित जर्लैया बस्ने गोपाल गुरुङ्गका कान्छो छोरा ३४ बर्षका पुर्ना गुरुङ्ग कार्तिक २६ गते रातीको १० बजे देखि बेपत्ता भएका छन् । बेपत्ता भएका गुरुङले घरका कुनै पनि ब्यक्तिलाई केही पनि जानकारी नदिएर घरबाट बाहिर निस्केको र केही समयमा उनलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ भएको परिवारले बताएको छ ।

गुरुङ्गकी धर्मपत्नी रन्जु गुरुङ्गको भनाइ अनुसार उनले खाना खाएर आफुसंग रातीको १० बजे सम्मसंगै आफ्नो कोठामा सुतिरहेको र आफू निदाएपछी श्रीमान कोठाबाट निस्केर छोराको कोठाबाट आफ्नो मोबाइल लिएर बाहिर निस्केको बताएकी छन । आफू निद्राबाट बिउँझेपछि ओछ्यानमा हेर्दा आफ्नो श्रीमान नदेखेपछी बाहिर निस्केर हेर्दा श्रीमानले प्रयोग गर्ने मोटरसाइकल घरको आगनमा रहेको र छोरालाई सोध्दा बुवा भर्खर बाहिर निस्किनु भएको भनेर छोराले भने भन्दै बेपत्ता गुरुङ्गकी श्रीमतिले जानकारी गराएकी छन ।

वेपत्ता गुरुङ्गका बुवा गोपाल गुरुङ्गले कहिँ कतै आफुले आफ्नो छोरालाई फेला पार्न नसकेपछि सबैसंग छोरालाई खोजीदिन आग्रह गर्नु भएको छ ।
ईलाका प्रहरी कार्यालय बेलाटारीका अनुसार उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.