Jilla Ban Notis

सुनवल ६ तिलकनामा जारी खेलमा आज देबिनगर बिजय, भोलि बुद्ध युवा क्लव सुनवल ६ र जनशक्ति युवा क्लव बडेरा बिच सेमिफाइनल खेल हुदै ।

0 21

 सुनवल, माघ १६
पश्चिम नवलपरासीको सुनवल ६ तिलकनामा जारी प्रथम स्वं गोम बहादुर थापा स्मृति कप २०७६ खुल्ला नकआउट फुटवल प्रतियोगिताको आजको खेलमा देविनगर युवा क्लव रुपन्देही बिजय भएको छ । तिलकना युवा क्लव सुनवल ६ को आयोजनामा गत पुष २५ गते देखि तिलकना प्राबिको खेल मैदानमा संचालन भइरहेको फुटवल प्रतियोगिताको आज जनज्योति युवा क्लब हर्दियालाई पेनाल्टि सुट आउट गर्दै ५–४ गोल अन्तरले देबिनगर बिजय भएको आयोजकले जनाएको छ । यसैगरि आजको खेलमा देबिनगर युवा क्लवका गोल किपर सतिस गुरुगं म्यान अफ द म्याच घोषित भएका छन् । आज सुनवल वडा नं ३ का टोल बिकास समितिका अध्यक्ष कर्ण बहादुर मल्ल, समाजसेबि हेमी लिम्बु लगायत खेल पे्रमीहरुको सहभागिता रहेको थियो ।
यसैगरि भोलि दिउसो ३ बजे दि बुद्ध युवा क्लव सुनवल ६ र जनशक्ति युवा क्लव बडेरा बिच सेमिफाइनल खेल हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३५ हजार र दोस्रो हुनेले नगद रु २० हजार सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता यहि माघ १९ गते सम्म संचालन हुदै छ ।

Leave A Reply

Your email address will not be published.