Jilla Ban Notis

सुनवल वडा नं १ मा खानेपानि सरसफाई (वास) वडास्तरीय समिति गठन ।

0 31

पुजा लम्साल

सुनवल,पुस २४

पश्चिम नवलपरासीको सुनवल वडा नं १ मा खानेपानि सरसफाई (वास) वडास्तरीय समिति गठन गरिएको छ । आज वडा कार्यलयको सभाहलमा सम्पन्न वडा भेलाबाट वडाध्यक्ष बिनप्रसाद बुढाथोकिको संयोजकत्वमा १० सदस्यिय खानेपानि सरसफाई (वास) वडा स्तरीय समिति गठन गरिएको हो । जसको सदस्यहरुमा क्रमशः कार्यपालिका सदस्य शान्ता भण्डारी, वडा सदस्य मनबहादुर थापा, युद्धजंग जिसी, बालकुमारी परियार, तेजकुमारी चालिसे, पर्शुराम कुवर, गोमा केशि, डोलराज न्यौपाने र सदस्य सचिवमा वडासचिव अमरनाथ कवर चयन हुनुभएको छ । यसैगरि सम्पन्न टोलभेलाबाट कार्यपालिका सदस्य शान्ता भण्डारीको संयोजकत्वमा ५ सदस्यिय कार्यदल समिति पनि गठन भएको छ । जसको सदस्यहरुमा क्रमशः वडा सदस्य मनबहादुर थापा, युद्ध जंग जिसी, बिष्णु प्रसाद न्यौपाने र तिलप्रसाद गुरुङ रहनुभएको छ ।वडासचिव अमनरनाथ कवरले संचालन गर्नुभएको सो कार्यक्रमको सहजिकरण वास संयोजक दिपेश सिग्देलले गर्नुभएको थियो । सो अवसरमा उहाले संघिय भौतिक तथा पुर्वाधार मन्त्रालय अन्तगर्त ७ सय ५३ वटै स्थानियतहमा गठित समितिले शुद्ध खानेपानि तथा सरसफाईको बिबिध बिषय तथा गतिबिधिका बारेमा अनुसन्धान मार्फत तथ्याङ्क संकलन गर्ने छ । सोहि अनुसार वडा स्तरीय समितिले आफ्ना वडाभित्र खानेपानि तथा सरसफाईका बारेमा तथ्याङ्क संकलन गर्ने वडा सदस्य थापाले जानकारी दिनुभयो । वडाध्यक्ष बुढाथोकिको अध्यक्षता तथा वडा समितिका पदाधिकारी, ८ वटै टोल बिकास समितिका अध्यक्ष, वडाभित्र क्रियाशिल आमा समुह, महिला समुह, युवा क्लवका पदाधिकारी , बुद्धिजिवि, समाजसेबि लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.