Jilla Ban Notis

सुनवल नगरपालिकाद्धारा जर्गहामा १ सय बेडको सुविधा सम्पन्न अस्थाई क्वारेन्टाईन संचालनमा ।

0 16

कृष्ण ढकाल
बर्दघाट,चैत्र –१२
सुनवल नगरपालिकाले आफ्नो नगर क्षेत्रमा कोरोना भाईस संक्रमणको आशंका लागेका कुनैपनि नगरवासीहरुका लागि सुरक्षित राख्न अस्थाई क्वारेन्टाईन संचालनमा ल्याएको छ । सुनवल नगरपालिकाको वडा ११ जर्गहा चौरमा १ सय बेडको सुविधा सम्पन्न क्वारेन्टाईन निर्माण गरी पूर्वतयारी गरीएकोे सुनवल नगरपालिकाका नगर प्रमुख भरत थापाले बताउनु भएको छ ।
उक्त क्वारेन्टाईनमा आज बुधबारदेखि पूर्व तयारी सहित आईपरे सेवा दिन शुरु भएको बताईएको छ । सुनवल नगरपालिकाको आर्थिक सहयोग तथा प्रहरी युक्ति तालिम माहाविद्यालय जर्गहाको प्राविधिक सहयोगमा सुरक्षित अस्थाई क्वारेन्टाईन तयार गरीएको हो । बस्नेहरुको लागि सुविद्या सम्पन्न् बेड विस्तारा, विद्युत, खानेपानी, शौचालय सहितको व्यवस्थापन भैरहेको सुनवल नगरपालिकाका प्रशासकिय प्रमुख रामलाल श्रेष्ठले जानकारी दिनु भएको छ । आजमात्र संचालनमा आएको उक्त क्वारेन्टाईनमा भारतबाट आएका तिनजना व्यक्तिलाई क्वारेन्टाईनमा राखिसकिएको बताईएको छ ।

Leave A Reply

Your email address will not be published.