Sarawal sit lahar Notis

सुनवलमा संचालित मेलाको छैटौं दिन सम्म ३ करोडको कारोवार ।

0 36

रमेश भुसाल ।

मंसिर १०

पश्चिम नवलपरासीको सुनवलमा संचालित प्रादेशिक आद्योगीक व्यापार मेलको आज छैठौँ दिनसम्म आइपुग्दा करिव तिन करोड रुपैया बराबरको आर्थिक कारोबार भएको मेला सचिवालयले जनाएकोे छ । त्यस्तै मेला अवलोकन गर्न आउने दर्शकको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । मेलाको छैठौँ दिन मंगलबार साझँ दर्शकको निकै घुइँचो नै लागेको थियो भने व्यवस्थापनमा समेत हम्मे हम्मे परेको आयोजक संस्था उद्योग वाणिज्य संघ सुनवलका कोषाध्यक्ष हुमानाथ न्यौपानेले बताए ।

मेलामा बिशेषतः बालउद्यान, डाइनोसर पार्क, फेन्सी, अटोमोवाइल्स र होटल ब्यवसायीहरुले वढि व्यापार गरेको र बिज्ञान प्रर्दशनि , विभिन्न जातजातिका परम्परागत घर एंव तीनका परिकारहरुमा समेत दर्शकहरुको आकर्षण वढेको स्टल व्यवस्थापन संयोजक तथा संघका सचिव इश्वरी भण्डारीले जानकारी दिए

त्यस्तै मेला अवलोकनका लागी सुनवल नगरवासी छिमेकी गाउँपालिका नगरपालिका र वुटवल देखि वर्दघाट सम्मका अवलोकनकर्ताहरु द्धारा मेलाको अवलोकन भएको मेला प्रचार प्रसार समिति संयोजक तथा संघका महासचिव तेज प्रसाद भण्डारीले बताए । म

मंशिर ५ गते देखि १५ गते सम्म संचालन हुने मेला भब्यताका साथ संचालन भैरहेको र दर्शकहरुको व्यापक घुइँचो साथै व्यापारीहरुको कारवार पनि निकै राम्रो भैरहेको भन्दै मेला सोचे भन्दा पनि सफल हुने अनुभुति गरेको संघका वाणिज्य उपाध्यक्ष लेखनाथ खरेलले बताए ।

मेलामा अवलोकनकर्ताको ब्यापक उपस्थीतीले आफुहरु निकै उत्साहित भएको र अन्य दिनमा पनि दर्शकको बाक्लो उपस्थीतिको अपेक्षा गरेको अयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष रमेश कर्माचर्याले बताए । साथै मेलालाई भब्य सब्य गराउन सवै संग सल्लाहा सुझावको अपेक्षा राखेको अध्यक्ष कर्माचर्याले बताए ।

मेलामा यहि मंशिर १२ गते देखि हुने खुल्ला उपमेयरकप पुरुष भलिवल प्रतियोगितालाई समेत विशेष आर्कषणको रुपमा हेरिएको छ । सोहि अवसरमा आज मंगलवार उद्योग वणिज्य संघ सुनवल र जिल्ला भलिवल संघ विच भएको मैत्रिपुर्ण भलिवल प्रतियोगीतमा अयोजक संस्था विजयी भएको खेलकुद व्यावस्थापन समितिका संयोजक तथा संघका सदस्य चुरामणी गरैले बताए ।

मेलाको छैटौं दिन मंगलबारको मुख्य आर्कषकको रुपमा राष्ट्रिय कलाकार प्रकाश सपुत, गायिका सम्झना लामिछाने मगर, दिपु मगरको प्रस्तुतिहरुले मोलाको माहोल निकै तातेको थियो ।

त्यस्तै मेलाको सातौ दिन बुधबारको मुख्य आर्कषकको रुपमा राष्ट्रिय कलाकार रामजि खाडँ, दिपक गरौजा, उमा खनाल र रितु थापा लगायत स्थानिय कलाकारको बेजेड प्रस्तुति रहने सांस्कृति समिति संयोजक तथा संघका सदस्य रमेश पराजुलिले बताए ।

Leave A Reply

Your email address will not be published.