Jilla Ban Notis

सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिताको फाइनलमा सोमनाथ र अन्नपुर्ण प्रवेश ।

0 12

पुजा लम्साल

सुनवल, २६ पुस

पश्चिम नवलपरासीको सुनवलमा बुधबार देखि सुरु भएको ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ को फाइनलमा सोमनाथ बाबा स्कुल र अन्नपुर्ण स्कुल प्रवेश गरेका छन् । आज सोमनाथ र लोटस बिच भएको पहिलो सेमिफाइनल खेलमा लोटसलाई ७ः२ गोल अन्तरले पराजित गर्दै सोमनाथल फाइनलमा प्रवेश गरेको हो । यसैगरि अन्नपुर्ण र सिद्यार्थ शिसु सदन बिच भएको दोस्रो सेमिफाइनल खेलमा ट्राईवेकरमा २ः१ ले अन्नपुर्ण फाइनलमा प्रवेश गरेको हो । ट्राईवेकर अघि २ः२ गोलको बराबरिमा टुङिगएको थियो । सोमनाथ बाबा स्कुल र अन्नपुर्ण स्कुल बिचको फाइनल खेल भने भोलि दिउसो ११ बजे हुने बिद्यालयका प्रिन्सिपल पदम चन्द ठकुरीले जानकारी दिनुभयो । ‘अनाथ बालबालिकाको संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित सिद्धार्थ बालक्लव सुनवल ४ नवलपरासीले फुटसल प्रतियोगिता आयोजना गरेको हो । पुष २७ गते सम्म संचालन हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार र द्धितिय हुने टिमले नगद रु ७ हजार सहिद मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । ९ टिमको सहभागिता रहेको यस फुटसल प्रतियोगिताको सेमिफाइनलमा ४ टिम प्रवेश गरेका थिए ।

Leave A Reply

Your email address will not be published.