Jilla Ban Notis

सामाजिक संस्थाहरु स्थापनागर्ने अगुवा सूर्यज्योती यूवाक्लव ओझेलवाट उदाउदै ःसंस्थापकहरु

सूर्य ज्योती यूवा क्लवको २५ औ वार्षीक साधारण सम्पन्न्

0 34

कृष्ण ढकाल
बर्दघाट,पुष–२६
२०३४ सालमा स्थापना भएको बर्दघाट–२,चिसापानीको सूर्य ज्योती यूवा क्लवको मेटिन लागेको अस्तित्वलाई बर्तमान समितिले उदयमान गर्न सफल भएको भन्दै संस्थापकहरुले शुखि ब्यक्त गरेका छन् । २०३४ सालमा क्लव स्थापना गरेपनि आधिकारीक रुपमा २०५३ सालमा दर्ता भएको सूर्य ज्योती यूवा क्लवको २५ औ वार्षीक साधारण सभामा बोल्ने संस्थापकहरुले उक्तकुरा बताएका हुन ।

तात्कालिन समयमा क्लव दर्ता गरेर कार्यगर्न नसकिने अवस्था रहेका कारण आफुहरु संगठीत भएर समाजका हरेक विकास निमार्णका काम देखि सामाजिक संघ संस्था स्थापना गर्न सोही सूर्य ज्योती यूवा क्लवले नै पहल कदमी गरेको उनीहरुको भनाई रहेको थियो ।

आफ्नो ईतिहास हेर्दै संस्थापकहरु

सूर्य ज्योती यूवा क्लवको पहल र समन्वयमा नै चिसापानीमा रहेको दिब्य ज्योती मावि,दिब्य ज्योती बहुमुखी क्याम्पस,चिसापानी सामुदायिक वन,चिसापानी खानेपानी जस्ता समाजिक संस्थाहरु स्थापना गरीएको क्लवका संस्थापकहरुले आजको कार्यक्रममा बोल्ने क्रममा बताएका छन् । तात्कालिन समयमा बर्दघाट र चिसापानीका युवाहरु विच निक्कै प्रतिस्पर्दा हुने गरेको स्मरण समेत गराएका थिए । सो समयमा आफुहरुले बर्दघाटका युवाले जे गर्दछन त्यसको ठिक उल्टो जवाफी काम बर्दघाट ले सोतो भने चिसापानीले रातो भन्ने जस्ता काम गर्ने गरेका कारण बर्दघाटका युवाले चन्द्र ज्योती युवा क्लव गठन गरेपछि त्यसको जवाफमा चिसापानीका युवाहरुले २०३४ सालमा चन्द्रको उल्टो सूर्य ज्योती यूवा क्लव गठन गरेको स्मरण गराएका थिए ।
सूर्यज्योती युवा क्लवका अध्यक्ष राम भण्डारीको अध्यक्षता र क्लवका संस्थापक अध्यक्ष डब बहादुर गर्भूजाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्लवका संस्थापक सदस्य केश बहादुर बुढा,यम बहादुर थापा,मिन बहादुर क्षेत्री,दिल सिंह  गुरुङ्ग लगाएतका संस्थापकहरुले बोल्दै तात्कालिन समयमा क्लव संचालनका लागि धान काट्ने,हलो जोत्ने, भैलो खेल्ने जस्ता कार्य गरेर क्लव संचालन गरेको स्मरण गराएका थिए ।

सूर्यज्योती युवा क्लवका सचिव टेक बहादुर बुढाथोकीको संचालन र सदस्य प्रेम भुजेलको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा कृष्ण लामिछाने,जानुका पौडेल ,खेमराज सुवेदी,शिव प्रसाद पाण्डे,मोहन गुरुङ्ग,माया परियार लगाएतले बोल्दै क्लवले गरेका कार्यको खुलेर प्रसंसा गरेका थिए । उनीहरुले आमामी दिनमा आफुहरुले गर्नु पर्ने कुनै सहयोग आवश्यक परेमा ढुक्क भएर सम्झन पनि क्लवका पदाधिकारीहरुलाई अनुरोध गरेका थिए ।

आजिवन सदस्यताको प्रमाण पत्र प्रदान गर्दै संस्थापक र बर्तमान अध्यक्षद्धय

आज भएको क्लवको २५ औं वार्षीका साधारण सभा तथा रजत जयन्ती कार्यक्रममा अध्यक्ष राम भण्डारीले क्लवको प्रगति प्रतिवेदन सचिव टेक बहादुर बुढाथोकीले प्रसासनिक प्रतिवेदन लेखा समिती संयोजक प्रेम खड्काले लेखा समितिको प्रतिवेदन र कोषाध्यक्ष दिपा न्यौपानेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो। प्रस्तुत प्रतिवेदन अनुसार गत चैत्र १ गते देखि गत पौष १५ गते सम्म क्लवले ५ लाख ४८ हजार रुपैया बरावरको आर्थिक कारोवार गरेको जनाईएको छ ।

 

क्लवकातर्फवाट फूटवल प्रतियोगितामा सहभागिहुन जाने खेलाडीहरुलाई जर्सी,नास्ताखर्च र ईन्ट्री फि दिने कार्यको शुरुवात गर्दै

Leave A Reply

Your email address will not be published.