Jilla Ban Notis

सापकोटा परिवारद्धारा पवित्र वृद्धाश्रमका जेष्ठ नागरीकहरुलाई सहयोग प्रदान ।

0 69

कृष्ण ढकाल
बर्दघाट,असोज–१७
बर्दघाट–८ सुर्यपुरा निवासी ३२ वर्षीय महेन्द्र सापकोटाको १३ औं दिनको पुन्यतिथिमा आज उहांको परिवारले वृद्धाश्रममा रहेका जेष्ठ नागरीकहरुलाई सहयोग प्रदान गरेको छ ।
सुनवल नगरपालिका वडा नं १३ मा रहेको पवित्र वृद्धाश्रमका ५ जना जेष्ठ नागरीकहरुका लागि लगाउने कपडा ,सुत्ने विस्तारा सेट,खाद्यान्न लगाएतका सामाग्रीहरु आज एक कार्यक्रमका विच हस्तान्त्रण गरीएको थियो ।
ह्स्तान्त्रण कार्यक्रममा सापकोटा परिवारका सदस्यहरु लगाएतको उपस्तिथी रहेको थियो । सो अवसरमा स्वर्गीय महेन्द्र सापकोटाकी श्रीमति रिता सापकोटा र बाबा मोहन सापकोटाले उक्त सहयोग सामाग्री हस्तान्त्रण गर्नुभएको थियो ।

२०४४ सालमा जन्मेका महेन्द्र सापकोटाले सरावल–१ वासाचोकमा सापकोटा मिष्ठान्न भण्डार संचालन गर्दै आएका थिए । नौ महिनाकी छोरी मात्र रहेका महेन्द्र सामान्य विरामी भएर उपचारकाक्रममा रहेका वेला उनको मृत्यु भएको थियो । पूर्णभद्र सापकोटाकाको नाती मोहन सापकोटा र टिपकला सापकोटाका चारछोरा मध्येका महेन्द्र कान्छो सन्तानका रुपमा रहेका थिए ।

Leave A Reply

Your email address will not be published.