Jilla Ban Notis

सशस्त्र प्रहरी द्वारा १ लाख बढीको सामान नियन्त्रण

0 21

सहबान अन्सारी

नवलपरासी, २४ पुस
नवलपरासीको सिमा क्षेत्रको बिभिन्न स्थानबाट करिब १ लाख ५६ हजार ४ सय मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  बिहिवार शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहत सुरक्षा बेश क्याम्प सेमरीले प्रतापपुर वडा नं. २ भिट्ठा, २६ नं. गण बेलासपुरले रामग्राम नगरपालिका वडा नं.७ उजैनी चोक र बोर्डर आउट पोष्ट हरपुरले पाल्हीनन्दन वडा नं २ गोपालपुरबाट परिचालित गस्ती टोलीले भारतबाट नेपालतर्फ अबैधरुपमा ल्याउदै बिभिन्न फेन्सी आईटमका सामानहरु लत्ता कपडा,बिउ बिजन तथा पशुपन्छीको औषधीहरु नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएको अबैध सामाहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएकोे सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.