Jilla Ban Notis

सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्म राहत बितरण सुरु

0 46

उमेश बि.क.

सरावल,४ बैशाख

नवलपरासीको सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्म राहत बितरण शुभारम्भ गरिएको छ। अति विपन्न तथा हात मुख जोडन् कठिन भएका घरपरिवारलाई सामाजिक दुरी कायम गरी गरिब मजदुरी गर्नेलाई खाद्यान्न वितरण सुरु गरिएको गाउँपालिका उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभयो । लकडाउनको कारण दैनिक चुलो बाल्न नसक्नेहरुको लागि राहत बितरणकाे लागि वडाकाे डाटा अनुसार वडालाई गाउँपालिकाद्धारा वितरण गरिने प्रत्येक घरलाई १० देखि १५ किलो चामल ,दाल तेल र साबुन वडालाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले जानकारी दिनुभएको छ। राहतस्वरुप चामल, दाल, तेल र साबुन वितरण वडा नं.१ मा ४८८ ,वडा नं. २ मा २३१,वडा नं.३ मा ६११,वडा नं.४ मा ५७६,वडा नं.५ मा ३३२,वडा नं.६ मा ४१८ र वडा नं ७ मा ५३३ अति विपन्न तथा हात मुख जोडन् कठिन भएका घरपरिवारलाई राहत बितरण सुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष चाैधरीले जानकारी दिनुभएको छ। त्यस्तै वडा नंं १ मा लकडाउनको समयमा अति बिपन्न तथा मजदुर ज्यालादारी गर्नेहरुलाई खानका लागि समस्या भएपछि पहिल्यै ८१ जनलाई राहत सामाग्री वितरण गरिसकेको र अन्यलाई चामल ,दाल ,तेल , नून, सोयाबिन र साबुन बितरण कार्य सुरु गरिएको वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरीले जानकारी दिनुभएको छ। यसै अन्तर्गत सरावल गाउँपालिका वडा नं. १ निवासी सीता परियारले १५० घर धुरीलाई पुग्ने राहत सामाग्री चामल १६ क्विन्टल ५० केजि, दाल ३०० केजि,तेल ७५ लिटर, नून १५० केजि, सोयाबिन १५० प्याकेट, साबुन १५० पिस , सेनिटाईजर १००ml को १५०पिस वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरीलाई गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे राेहबरमा हस्तान्तरण गर्नु भएको हाे । साे सामग्री लिदै वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरीले सीता परियारले दुखत समयमा प्रदान गर्नुभएको राहत प्रती धन्यवाद ब्यक्त गर्दै विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) महामारीको कारण सरकारले गरेको लकडाउनमा वडा भित्र रहेका अति विपन्न परिवारले दिनभरिको ज्यालाले छाक टार्दै आईरहेका परिवारलाई अहिले छाक टार्न समस्या रहेको बेलामा सबैले आआफ्नो ठाउबाट अति विपन्न घरपरिवारलाई सहयोग गर्नुपर्ने अवस्था रहेको सम्पूर्णलाई अाअाफ्नाे ठाउबाट सहयाेग गर्न अनुराेध गर्नुभएको हाे। गाउँपालिकाका अध्यक्ष राधेश्याम चाैधरीले राहत बितरण गर्दा सामाजिक दुरी कायम गदै सम्पुर्ण गाउँबासीलाई विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न बाहिर ननिस्केर सुरक्षित साथ घरभित्रै बस्न आग्रह गरे ।संक्रमित मुलुकबाट फर्किएका कुनै व्यक्तिहरु गाउँघरमा भेटिएमा तुरुन्त खबर गर्न समेत गाउँबासीलाई अपिल गर्नुभएको हाे ।

Leave A Reply

Your email address will not be published.