Jilla Ban Notis

सरावलमा सहकारी उदघाटन

0 20

उमेश बि.क.

सरावल ,२२ पुस

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ६ मा सहकारी उटघाटन भएको छ।सरावल गाउँपालिका वडा नं. ६ नवकट्टीमा प्रभात बिपद उत्थानसिल बतत तथा ऋण सहकारी नामक सहकारी संस्था आज एक कार्यक्रम बिच उटघाटन भएको हो।राजेश उपाध्यायको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले ’एकका लागि सवै र सवैका लागि एक’ भन्ने सिद्धान्तबाट प्रेरित भइ व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक हित तथा सामाजिक समून्नतिको लागि गरिने एकतबाद्ध प्रयास नै सहकारी हो ।सहकारीको माध्यमबाट आर्थिक असमानतालाई हटाई आत्मनिर्भरता प्राप्त गर्न सकिन्छ । सहकारीले महिलाहरु एक ठाउँमा उभ्याउन मद्दत गर्ने बताउदै महिला दिदीबहिनीहरुलाई सक्षम बन्नुको साथै पैसाको बचत गर्ने बानीको विकास हुने उहाँले बताउनुभयो । साथै अगामि दिनमा सहकारीलाई आफुबाट हुने सहयोग र साथ हमेशा रहिरहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको थियो।सिडिएम नेपालीको सहजिकरणमा प्रभात बिपद उत्थानसिल बतत तथा ऋण सहकारी संस्था आर्थिक कारोबार साथै बिपद ब्यवस्थापनमा पनि बिशेष चासो राख्दै वडा नं। ५, ६ र ७ लाई कार्यक्षेत्र बनाई अगाडि बढ्ने उद्देश रहेको छ।सहकारी उदघाटन कार्यक्रममा सिडियम नेपालको सदस्य प्रदिप कुमार तिवारी ,सिबेन्द्र यादव,झिन्कि चौधरी , राजेन्द्र मिश्रा, अशोक पाठक, राजेन्द्र कुर्मी , सुभान अलि अन्सारी ,घनश्याम चौधरी लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियो।

Leave A Reply

Your email address will not be published.