Jilla Ban Notis

सरावलमा किशोर–किशोरीहरुद्धारा मुठ्ठीदान अभियान संचालन

0 22

महेश यादव
सरावल,जेष्ठ–११
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ( ४ का किशोर–किशोरीहरुले मुठ्ठीदान अभियान संचालन गरेका छन् । दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसवाट संक्रमित भएका अतिविपन्न तथा मृत्यु भएकोघर परिवारका बिपन्न परिवारहरुलाई सहयोग गर्ने उद्धेश्यले किशोर–किशोरीहरुले मुठ्ठीदान अभियान संचालन गरेको अभियानमा सहभागि नितु पाण्डेयले बताएकी छन ।

कोभिडकै कारण समस्यामा परेका अतिविपन्न परिवारहरुका लागि छाक टार्ने मद्दत गर्ने उदेश्यले यो मुठ्ठीदान अभियान सञ्चालन गरेको आयसा खातुनको भनाई रहेको छ ।
मुठ्ठीदान अभियानवाट ४० केजि गँहु र ६० केजि चामल संकलन भएको साईदा निशा पठानले बताउनु भयो ।

सरावल गाउँपालिकामा एविसि नेपाल ,स्ट्रोम फाउन्डेसनले कालिका संवाद केन्द्र , बालिका समृद्धि संवाद केन्द्र र शक्ति संवाद केन्द्र लगाएतका १५ वटा संवाद केन्द्रहरु गठन गरेको छ ।

Leave A Reply

Your email address will not be published.