Jilla Ban Notis

सरकारले उद्योग मैत्री निती स्पाष्ट रुपमा ल्याउन आवश्यक रहेको व्यवासयीहरुको माग।

0 22

गौरीशंकर जयसवाल

परासी ९ मंसिर

घरेलु तथा साना उद्योगहरुलाई पनि प्रबद्र्धन गर्नुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन । उनीहरुले ठूला उद्योग मात्र महत्व नभएर साना उद्योग,लघु उद्योगहरुलाई प्रबद्र्धनमा जोडदिनुपर्नेमा जोड दिएका हुन ।

आज पश्चिम नवलपरासीमा घरेलु तथा साना उद्योग कार्यालय परासीको अयोजनामा चौधो उद्योग दिवस अवसरमा बोल्ने व्यवसायीहरुले यास्तो धारण राखेका हुन । लघु उद्याम सघकी अध्यक्ष बुद्धिमाया सुनारले उद्योगको बतावरण बनाउन अवश्यक रहेको बताउदै लघु उद्यम र साना उद्योगहरुलाई पनि प्रबद्र्धन गर्न सरकारसंग माग गरेकी थिईन ।

घरेलु तथा साना उद्योग महासंघ प्रदेश नं ५का उपाध्यक्ष उमानाथ पोखरेलले उद्योग मैत्री लगानी गर्नुपर्ने भन्दै सरकारले उद्योग निती बनाउनु पर्ने आवश्यक रहेको बताए ।

लक्ष्मी ढका उद्योगको संचालक मिना रार्ईले ढाका बनाउने सामाग्री ल्याउनलाई भारत र चिनको बजारबाट ल्याउदा धेरै समस्य भएकोले सरकारले बजारको सहजता मिलाईदिन अग्रह गदै उनले भारतबाट समाग्रीहरुमा भन्सारमा छुट व्यवास्था मिलाई दिन माग गरेका थिईन ।

उद्योग बाणिज्य संघ नवलपरासीको अध्यक्ष केशव भण्डारीले उद्योगमा लगानीमैत्री बातवरण बनाउन र सरकारले उद्योग मैत्री निती स्पाष्ट रुपमा ल्याउन आवश्यक रहेको बताए। औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रलाई कार्यान्वयनमा लैजानका लागि ठोस योजना बनाएर सरकार अघि बढ्नु पर्नेमा जोड दिएका थिए ।

उनले उद्योग पूर्वाधार समृद्धिको आधारको नारा दिएर मात्र देशमा समृद्ध नहुने भएकोले आर्थिक सामाजिक क्षेत्र र उद्योगमा लगानी मैत्री बातावरण बनाउन सकेमात्र देश समृद्ध हुने भनाई थियो । प्रदेश नं ५का सासद बैजनाथ जयसवालले प्रदेश सरकारले औद्योगिक करिडोरको रुपमा बिकासको आवधारण अघि सारेको बताउदै कृषि उद्योगमा पनि प्रदेश सरकारले भरपूर लगानी गरेको बताए । जयसवालले ठूला उद्योगलाई मात्र नहेर लघु साना उद्योगहरुलाई पनि प्रबद्र्धन गर्ने हिसाबले उद्योग मैत्री लागनीको बतावरण मिलाउने काम गरिरहेको र उद्योग पर्यटनको बिकास प्रबद्र्धन गर्न खाले निती निमार्ण गरेको जानकारी गराएका थिए । घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत नेत्रप्रसाद भुसालले कार्य योजना प्रस्तुत गदै अ.ब २०७५।०७६मा लघु साना घरेलु उद्योग गरी ६हजार ७ सय वटा दर्ता भएको र २०७५।०७६ प्रईभेटतर्फ १२ हजार ४सय ५१ वटा दर्ता भएको जानकारी गराएका थिए । उनको अनुसार ०७६ ।०७७ कार्तिक महिना सम्म ६सय ७३ वटा उद्योग दर्ता गरी जम्मा ७ हजार ३ सय ९१ उद्योग दर्ता गरिएको जानकारी दिए । यस्तै कार्यालयलले अ.ब०७५।०७६ मा दुई करोड ८५ लाख ७७ हजार ९ सय रुपैया राजश्व संकलन गरेको भुसालले बताए । त्यस्तै उनको अनुसार अ.ब ०७६।०७७कार्तिक महिनासम्म ७७ लाख ८० हजार २सय रुपैया राजश्व संकलन गरेको बताए । कार्यक्रममा नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, जिल्ला समन्वय समितीका प्रमुख शिवशंकर राय,नेपाल पत्रकार महासघका जिल्ला अध्यक्ष हरी शर्मा ,घरेलु तथा साना उद्योगका अधिकृत स्तर छैटो नारायण प्रसाद अर्चाय लगायतले उद्योग दिवसको शुभकामना दिएको घरेलु तथा साना उद्योग कार्यालयका बरिष्ठ सहजकर्ता मनोज कुमार चौधरीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.