Jilla Ban Notis

समाज र महिला तथा बालबालिकाहरुको उत्थानका लागि कटिबद्ध छु ः सांसद जलेसा

दिब्य ज्योती नमुना मावि बर्दघाट–२,चिसापानीको ४४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोह सम्पन्न् ।

0 21

कृष्ण ढकाल
बर्दघाट,फागुन–१३
समाजको विकासका लागि र महिला तथा बालबालिकाहरुको उत्थानका लागि आफु कटिबद्ध भएर लागीपरेको संविधान सभा सदस्य सिन्धु जलेसाले बताउनु भएको छ । दिब्य ज्योती नमुना माध्यामिक विद्यालय बर्दघाट–२,चिसापानीको ४४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहलाई सम्बोधन गर्दै सांसद जलेसाले उक्त कुरा बताउनु भएको हो ।

सांसद जलेसाले आफुले आफ्नो क्षेत्रका महिला तथा बालबालिकाहरुको स्वास्थ्यलाई मध्येनजर गरेर चिसापानी अस्पताल स्थापना गर्न सफल भएको स्मरण गराउदै अबका दिनमा पनि समाजको विकासका लागि गर्न पर्ने कुनै पनि कार्यमा आफुले आफ्नो क्षेत्रवाट गर्न सक्ने कार्यमा कटीबद्ध भएर लाग्ने धारणा राख्नु भएको थियो ।

दिब्य ज्योती नमुना माध्यामिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सुबोध जागृत बुढाथोकीको अध्यक्षता र संविधान सभा सदस्य सिन्धु जलेसाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा
बर्दघाट नगरपालिकाकी उप प्रमुख माया देवि पौडेल,वडाअध्यक्ष दया दर्लामी,निवर्तमान प्र.अ. हुमनाथ आर्चाय,निवर्तमान विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कमल परियार,सदानन्द पाण्डे लगाएत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो ।

४४ औं वार्षिकोत्सव एवं अभिभावक दिवस समारोहमा सेवा निवृत्ती हुनुभएका निवर्तमान प्र.अ. हुमनाथ आर्चायलाई सम्मान गरीएको थियो भने “विद्यालय वर्ष शिक्षक २०७७“ बाट खिमविक्रम थापालाई सम्मान गरीएको थियो । त्यसैगरी आर्थिक सहयोग दाता अभिभावकलाई समेत सम्मान गरीनुका साथै विद्यालयमा स्थापना गरीएका विभिन्न अक्षकोषवाट विद्यार्थीलाई शैक्षिक पोशाक वितरण गरीएको थियो ।

Leave A Reply

Your email address will not be published.