Jilla Ban Notis

सनराईज बैकको परासीमा १२५औँ शाखा बिस्तार ।

0 19

गौरीशंकर जयसवाल

परासी १५ मंसिर

पश्चिम नवलपरासीमा सनराईज बैकले परासीमा अफानो शाखा बिस्तार गरेको छ । सनराईराज बैकले पश्चिम नवलपरासीको सदरमुकाम परासीमा आफनो १२५ औँ शाखा बिस्तार गरेको हो । आज परासीमा एक कार्यक्रमको बिच रामग्राम नगरपालिका नगरप्रमुख नरेन्द्रकुमार गुप्ताले सनराईज बैकको उद्र्धघाटन गरेका हुन । बैकको उद्र्धघाटन गदै नगरप्रमुख गुप्ताले यस क्षेत्रमा निजी क्षेत्रको बिकासमा फडको मर्न क्रम बढेकोले बैकहरु संख्या पनि बढदै गएकोले नगरबासीहरु लागि खुसी कुरा भएको बताए ।

उनले बैकहरुले नाफा पनि कमाउनु सगसंगै सामाजिक कार्यमा पनि लगानी गर्न बैकहरुलार्ई सुझाव दिएका थिए । गुप्ताले बैकहरुले उद्योग व्यापारीलाई ऋण लगानी गरे नाफा कामाउनु मात्र उदेश्य राखेर काम गरेरमात्र गर्न नहुने भन्दै कृषि पेशालाई कसरी उत्पादन मुलक बनाउ सकिने तर्फ लाग्न जरुरी रहेको बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद मरासिनीले बैकहरुले नाफा संगसंगै अहिलेको अवस्थामा युवाहरुको बिदेशियने क्रम बढदौ रहेकोले त्यसलाई न्यूनिकारण गर्नको लागी बैकहरुले कृषि क्षेत्र सरल सुलभ तरिकाले सास्तो व्याज उपलब्ध गराई युवाहरु आफनै देश कृषि पेशामा निर्भर गराउन यस बैकले पक्कै महत्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गरेका थिए । उनले यस क्षेत्र शान्ति सुरक्षा बिषय कुनै समस्या नरहेको भन्दै कहि कतीबाट असुरक्षाको अनुभूति भएभने बैकरुहलाई सुरक्षा दिन स्थानिय प्रशासन प्रतिबद्ध रहेको बताए ।

सनराईज बैकका कार्यकारी अधिकृत जीवन शर्मा पौडेलले यस बैकले सरला सुलभ तरिकाले कृषि पेशामा व्याज दिने गरेको कृषिमा लागानी गरेको बताउदै सनराईज बैक बास्तवमा कृषक बैक कृषि क्षेत्रलागनी गर्ने बैक नेपालको र नेपाली बैक हो त्यही अनुसार सेवा दिईरहेको बताए । विपन्न वर्गाहरुलाई उनीहरुको जिवन उकास्ने खालको लागानी गर्ने काम गरिरहेको भन्दै यस बैकले ग्राहकहरुलाई एक लाखसम्मको औषधी खर्च निशुल्क र दुर्घटना बिमा समेत व्यवस्था गरिएको पौडेलले जानकारी दिए ।

सनराईज बैकका कार्यकारी अधिकृत जीवन शर्मा पौडेलको अध्यक्षता तथा रामग्राम नगरप्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यतामा भएको उद्र्धघाटन कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, सघकै महासचिव गिरीराज पाण्डे उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष बिरेन्द्रकुमार अग्रहरी उपभोक्क्ता संरक्षण मन्चका केन्द्रिय सदस्य रामजी ज्ञवाली पृथ्बीचन्द्र आस्पतालका मेडिक सुपरेडेन्ट नुरुल होदा,लगायतको उपस्थिती रहेको सनराईज बैक परासी शाखा प्रबन्धक सुनिल ज्ञवालीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.