Jilla Ban Notis

सडक खाना महोत्षवका लागि लगाउदै गरेको टेन्टमा सोमवार राती तोड फोड तथा अग्लागी ।

वरिष्ठ उपाध्यक्षको बा १७ च ७८७६ नम्वरको गाडीमा रडले हानेर क्षेती ।

0 26

कृष्ण ढकाल
बर्दघाट,माघ–२८

बर्दघाटमा सडक खाना महोत्षवका लागि लगाउदै गरेको टेन्टमा सोमवार राती तोड फोड तथा अग्लागी भएको छ । यहि फागुन १ गते देखि ३ गते सम्म  होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघ र मदिरा ब्यबसायी संघ नवलपरासीले संयुक्त रुपमा आयोजना गर्न लागेको सडक खाना महोत्षव बर्दघाट ४ हाटबजार लाईनको नगरपालिका रोडमा आयोजकले हिजोवाट मञ्च र टेन्टको तयारी गरीरहेको थियो ।  त्यसैगरी सोमवार राती नै बर्दघाटको लण्डनवृच पुगेर पार्किङ्ग गरी राखेको होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघका वरिष्ठ उपाध्यक्ष घनलाल चापागाईको बा १७ च ७८७६ नम्वरको गाडीमा रडले हानेर तोडफोड गरी क्षेती पुराएको संघका अध्यक्ष नुमानाम शर्माले बताउनु भएको छ । उहांका अनुसारहोटल तथा रेष्टुरेन्ट ब्यबसायी संघका वरिष्ठ उपाध्यक्ष घनलाल चापागाई महोत्षवको मञ्च तथा टेन्ट ब्यवस्थापन संयोजक रहेको र मञ्च तथा टेन्टका लागि केहि ब्यापारीहरुले आफुलाई दिन भन्दै पटक पटक दवाव दिएको र नदिएमा नराम्रो हुने थम्की पहिलेवाट नै दिएकोले उनीहरुको समुहले नै यो आगलागी तथा गाडी तोडफोड गरेको हुन सक्ने होटल तथा रेष्टुरेन्ट ब्यबसायी संघका कार्यबहाव अध्यक्ष नुमाराज शर्माले बताउनु भएको छ ।
यसअघि स्थानियवासीहरुले सडक खाना महोत्षवको तत्काल र दिर्गकालिन रुपमा स्थानियवासीहरुलाई असर नपर्ने गरी फोहरको ब्यवस्थापन हुने उचीत ग्यारेन्टी र शान्ति सुरक्षाका साथ महोषव संचालन गर्नु पर्ने सुझाव दिएका थिए । तिन दिन सम्म विविध सांस्कृतिक कार्यक्रम सहित ४ बजेपछि संचालन गर्ने भनिएको सो महोत्षवमा ७० देखि १ सय सम्म स्टल रहने गरी सडक महोत्षवको तयारी अघि बढेको थियो ।

Leave A Reply

Your email address will not be published.