Jilla Ban Notis

सडकवाट दवाव मुलक आन्दोलन गर्न रामकु्मारी झाक्रीको आवाहन ।

0 28

कृष्ण ढकाल
बर्दघाट,पौष–२८
नेकपाकी केन्द्रिय सदस्य रामकु्मारी झाक्रीले २०६२/०६३ सालमा जस्तै फेरी एकपटक सडकवाट दवाव मुलक आन्दोलन गर्न नेपाली का“न्ग्रेस लगाएत सबैमा आवाहन गरेकी छन ।
प्रचण्ड–नेपाल समुह निकट रहेकी नेकपाकी नेतृ रामकु्मारी झाक्रीले आज पश्चिम नवलपरासीको बर्दघाटमा अखिल नेपाल महिला संघ जिल्ला षंधर्ष समितिले आयोजना गरेको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गदै झाक्रीले उक्त कुरा बताएकी हुन ।

प्रतिष्प्रधि शक्ति भैरहदा पनि मुलुकमा लोकतन्त्र सुरक्षित हुन नसकेको भन्दै नेतृझाक्रिले प्रधानमन्त्रीले संसद बिघटन गर्नु असबैंधानिक र अलोकतान्त्रिक मात्र नभै एकल ताना शाह भएको त्रताएकी थिईन । कुनै पनि हालतमा सडक आन्दोलनबाट संसदको पुन स्थापान गाराएर छाडने र भैछाड्ने उनकाो दावी थियो ।

उनले अहिलेको अवस्थामा आफुहरु पार्टी बनाउने र लोकतन्त्रलाई सुरक्षित गर्ने उद्धेश्यले लागेको बताउदै आफ्ना लिडरहरु प्रचण्ड–नेपाल पनि सच्चिन जरुरी रहेको बताएकी छन् । यदि उनीहरु पनि एकल तानाशाह प्रवृति र पदको लुछाचुडीमा लागे भने उनीहरुको दास भएर नबस्ने समेत बताएकी छन् ।
संसद बिघटन गर्नका लागि सबिधानको कुनै पनि धारा तथा उपधाराहरुमा नरहेको बताउदै राष्ट्रपति र प्रधानमान्त्रीले आफनो स्वार्थ र शिक्तका भरमा संसद बिघटन गरेको बताएकी थिईन ।

अनेम संघकी केन्द्रिय सदस्य बम कुमारी वि.क.को अध्यक्षता र नेकपाकी केन्द्रिय सदस्य रामकु्मारी झाक्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी आजाद, नेकपा लुम्बिनी प्रदेक कमिटि सदस्य वृहस्पति अधिकारी, रामानन्दन यादव, सुर्य न्यौपाने सिमा गिरी लगाएतले आ आफ्नो धारणा राखेका थिए भने कार्यक्रको संचालन लक्ष्मी भुषालले गरेकी थिईन ।

Leave A Reply

Your email address will not be published.