Sarawal sit lahar Notis

संसारकोट हरियाली सामुदायिक बन उपभोक्ता समुहको बार्षिक साधारण सभा सम्पन्न

0 88

बर्दघाट,फागुन–२०
संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समुह बर्दघाट १०, भुताहाको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बर्दघाट १०, भुताहामा रहको समुहको आफ्नै कार्यालय प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले वन संरक्षण र विकास निमार्णलाई नगरपालिकाले सँगसँगै अगाडी बढाउन खोजेको बताउनुभएको थियो । उहाँले जाडो महिनामा विपन्न नागरिकहरुलाई दाउरा वितरण गर्न सामुदायिक वनहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै त्यस वनका उपभोक्ताहरुको शक्रियाताको प्रशंसा समेत गर्नु भएको थियो ।

संसारकोट हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल प्रसाद पराजुलीले वास्तविक तौलको लागि डिजिटल काँटाको प्रयोग गरिएको, आर्थिक, प्रशासनिक सामाजिक, अनुसासन र चोरी तस्करीबाट जोगाउन र पहिचान गर्न सजिलो होस भनी ४ थान सि.सि क्यामेरा जडान गरिएको बताउनुभयो । त्यस्तै आर्थिक अवस्था दयनिय भएका उपभोक्ताहरुलाई आर्थिक सहयोग गर्नुका साथै मृत्युसंस्कारका लागि निःशुल्क दाउरा उपलब्ध गराउँदै आएको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै बर्दघाट सरावल सब डिभिजन वन कार्यालयका अधिकृत गिरीराज पन्थिले वन सम्र्बधन प्रणालीमा आधारित वन व्यवस्थापन निति मार्फत सुकेका, ढलेका काठ दाउरा कटान गरी उपयोग गर्न पाउने व्यवस्था लुम्बिनी प्रदेश सरकारले गर्न लागेको बताउनुभएको थियो ।
उहाँले उक्त सामुदायिक वनको अवस्था राम्रो भएको, माग र आपुर्ति प्रणाली राम्रो भएको, उपभोक्ता समूह भौतिक पुर्वाधारले सम्पन्न भएको, कार्यसमिति र कर्मचारी संयन्त्र चुस्त भएको, आर्थिक तथा कार्यालय व्यवस्थापन राम्रो भएको बताउनुभएको थियो ।
वैज्ञानिक वन व्यवस्थापन महासंघका पश्चिम नवलपरासी जिल्ला अध्यक्ष यज्ञ प्रसाद पाण्डेले सामुदायिक वन उपभोक्ता समूहले गरिबी निवारणको लागि सहयोग गर्न सकिने भन्दै संसारकोट हरियाली सामुदायिक वन नमुना वन बनोस भनी सुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै वैज्ञानिक वन व्यवस्थापन महासंघ लुम्बिनी प्रदेश महासचिव होम बहादुर गुरुङले पछिल्लो समय वैज्ञानिक वन व्यवस्थापन नहुँदा जलवायु परिवर्तन हुने, कार्वन शोषण हुन नपाएर ओजोन तह पातलिने, समयमा पानि नपर्ने जस्ता समस्याहरु देखिएको बताउनुभएको थियो ।
त्यस्तै वडा बर्दघाट नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष राजु मिश्रले वन संरक्षणको लागि सबै पक्षले पहल गर्नुपर्ने बताउनुभएको थियो ।
उक्त सामुदायिक वन उपभोक्ताको अध्यक्षमा पराजुली रहनुभएको छ भने उपाध्यक्षमा चन्द्रकुमारी चौधरी, सचिवमा कमला सुवेदी, सहसचिवमा लिलाबहादुर पुन, कोषाध्यक्षमा अर्जुनकुमार मल्ल, लेखा संयोजकमा शंकरप्रसाद पाण्डेय रहनुभएको छ भने १५ जना समुहको सदस्य रहनुभएको छ । त्यस्तै २ पदेन सदस्य, २ जना लेखा सदस्य र १ जना आपुर्ति संयोजक रहुनभएको छ ।

Leave A Reply

Your email address will not be published.