Jilla Ban Notis

संकल्प बहुउद्धेश्शीय सहकारीमा पुनः खरेलकै नेतृत्व

0 25

रविलाल पाण्डेय
बर्दघाट २८ पुष
संकल्प बहुउद्धेश्शीय सहकारी संस्था लि.को बर्दघाटको १२ औं साधारणसभा तथा छैठौं अधिबेशनले पुनः छविलाल खरेलको नेतृत्वका नयाँ संचालक निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा पुनः राजु प्रसाद खनाल निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा घनश्याम पोखरेल (राजु) कोषाध्यक्षमा अम्बु कुमारी खत्री निर्वाचित भएको निर्वाचन समिति संयोजक रमेश बस्यालले जानकारी दिए । उनका अनुसार संचालक सदस्यहरुमा चम्पादेवी पौडेल , धुब्रकुमारी सापकोटा, थुमा बस्याल, सोमप्रसाद न्यौपाने, ज्ञानु नेपाल निर्वाचित भएका छन् ।

त्यस्तै लेखा सुपरिबेक्षण समितिको संयोजकमा रविलाल पाण्डेय सदस्यहरुमा भुमा अधिकारी र भुसाई थारु निर्वाचित भएको निर्वाचन समिति सदस्य बोल्गा नेपालले बताए । निर्वाचनका लागि संस्थाका सल्लाहकार बस्यालको संयोजकत्वमा नगर सहकारी शाखा प्रमुख कृष्ण प्रसाद मरासिनी र बोल्गा नेपाल सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो । कार्यक्रममा शेयर सदस्य राधा अधिकारीले नव निर्वाचित समितिलाई बधाई दिइन् भने अध्यक्ष खरेलले प्रतिबद्धता ब्यक्त गरेका थिए ।

तस्विरः कृष्ण ढकाल

कार्यक्रम उद्घाटन सत्रमा प्रमुख अतिथि बोल्दै जिल्ला सहकारी संघका अध्यक्ष बिष्णु प्रसाद पौडेलले सहकारीले उत्पादनशिल क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए । उनले सरकारी नीति अनुसार संस्था एकीकरण गर्दै जानुपर्ने उल्लेख गर्दै संकल्प सहकारीको इतिहास गर्बिलो रहेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार चुडामणी भण्डारी, नगर सहकारी शाखा प्रमुख कृष्ण प्रसाद मरासिनी सहयोगी मिडिया प्रा.लि दौतरी एफएम का अध्यक्ष गणेश पाण्डेलगायतले शुभकामना दिएका थिए । साधारणसभाको बन्द सत्रमा अध्यक्ष खरेलले प्रस्तुत गरेको प्रगति प्रतिबेदन कोषाध्यक्ष घनश्याम पोखरेलको आर्थिक प्रतिबेदन र लेखा समितिको तर्फबाट संयोजक रविलाल पाण्डेयको प्रतिबेदन पारित भएको थियो ।सस्थाले उत्कृष्ट सेयर सदस्य ,उत्कृष्ट बचत कर्ता र उत्कृष्ट ऋणदाता लाई सम्मान गरेको थियो ।सस्था का उपाध्यक्ष राजु प्रसाद खनाल को स्वागत र काेषाध्यक्ष घनश्याम पोखरेल राजु को सन्चालन मा सम्पन्न भएको थियो ।

 

 

Leave A Reply

Your email address will not be published.