Jilla Ban Notis

श्रीमानको हत्या आशंकामा श्रीमती पक्राउ

0 28

उर्मिला यादव

सुनवल जेष्ठ १४

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा श्रीमानको हत्या गरेको आशंकामा मृतकको श्रीमती पक्राउ परेकी छन् । प्रतापपुर गाउँपालिका वडा नम्बर ९ बस्ने अन्दाजी ३७ वर्षीय धर्मराज मुखिया चौधरी मृत अवस्थामा फेला परेपछि प्रहरीले उनकी श्रीमती ३६वर्षीय पार्वती देवी चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । प्रहरीका अनुसार मुखिया बेलाटारी स्थीत आफ्नै घर भित्र मगंलबार मृत अवस्थामा फेला परेका थिए । उनको घाँटीमा निल डाम,टाउकोमा चोट देखिएको छ भने दुवै हातको नाडी काटिएको थियो। घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका प्रहरी नायब उपरीक्षक बिरेन्द्र थापाले जानकारी दिनु भएको छ।

Leave A Reply

Your email address will not be published.