Jilla Ban Notis

रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजना,भुमहिको मेनलाईन पाईप तथा नेटवर्क विस्तारको काम तिव्रगतीमा ।

करीव २ करोड ५९ लाखको आयोजना अहिले संचालनमा

0 49

कृष्ण ढकाल
बर्दघाट,जेष्ठ–२०
नवलपरासीको सुनवल नगरपालिकाको पूर्वीद्धार क्षेत्रमा रहेको  रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजना,भुमहिले लक डाउनका वेलापनि सम्यमित हुदै आफ्नो खानेपानीको पाईप मेनलाईन तथा नेटवर्क विस्तारको कामलाई तिव्रता दिएको छ । आफ्नो कार्य क्षेत्र भित्रका सबै उपभोक्ताहरुको खानेपानी अभाव पूर्ति गर्नका लागि आयोजनाले निक्कै चुनौतीका बावजुद पनि खानेपानीको पाईप मेनलाईन तथा नेटवर्क विस्तारको कामलाइ अघि बढाएको आयोजनाका अध्यक्ष कृष्ण पाण्डेले बताउनु भएको छ । उहांले आफ्नो कार्यकालमा नै आफ्ना सबै उपभोक्ताहरुको घर घरमा शुद्ध खानेपानी पुयउने लक्ष्यका साथ आफ्नो टिम अघि बढेको बताउनु भयो । तिनवर्षे कार्यकाल रहने संस्थाका कार्यसमितिको कार्य अवधि अझै डेढवर्ष वांकीरहेको छ । अहिले करिव ४५ सय घरघुरीहरु आयोजनाको कार्यक्षेत्रमा रहेपनि आयोजनाले करिव १३ सय ४ घरधुरीलाई मात्र धाराजडान गर्न सफल भएको छ ।
सुनवल नगरपालिका वडा नं. ११,१२ र १३ मा मात्र आफ्नो कार्यक्षेत्र रहेको सो आयोजनाले यतिवेला करिव २ करोड ५९ लाखका आफ्ना विभिन्न आयोजनाहरुमा कामगर्दै गरेको रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजना,भुमहिका उपाध्यक्ष विष्णु अर्यालले बताउनु भएको छ । उहांका अनुसार  रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजना,भुमहिले अहिले प्रदेश नं. ५ का भौतिक तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरी मार्फत भौतिक तथा पूर्वाधार विकास मन्त्रालयवाट प्राप्त १ करोड १० लाख,सुनवल नगरपालिकावाट २० लाख,आफ्नै आयोजनाको २२ लाख र संघिय सरकारवाट वालबाउन्डरीङ्का लागि ५ लाख तथा संघिय सरकारवाट नै अर्काे १ करोड भन्दा बढीको फिटिङ्गका सामाग्री र पाईपहरु गरी करीव २ करोड ५९ लाखको आयोजना अहिले संचालनमा रहेको छ ।
नवलपरासीको सुनवल नगरपालिकाको पूर्वीद्धार क्षेत्रमा रहेको रामनगर वृहत खानेपानी तथा सरसफाई आयोजना,भुमहिको अहिले ४ लाख लिटरको खानेपानी टंकी र संचालनमा रहेको एउटा वोरिङ्ग र अर्को वोरिङ्ग सफाईका क्रममा रहेको छ भने सुनवल नगरकै जोगीकुटी वनक्षेत्रको पुरानो मुहान र नयां मुहानवाट पनि खानेपानीका लागि आधुनिक सुद्धिकरण प्रविघि सहित पानी ल्याउनेकार्य भएको आयोजनाका उपाध्यक्ष विष्णु अर्यालले बताउनु भएको छ ।
अहिले सो आयोजनाले हाईवेको दुईलाईमा करिव ७ किलो मिटर खानेपानीको पाईप मेनलाईन विस्तार गर्नुका साथै भित्रि नेटवर्क विस्तारको कामलाई तिव्रता दिनुका साथै मुल संरक्षका लागि वृक्षारोपण र अतिगरीवहरुका लागि निःशुल्क धारा वितरण कार्य समेत गरेको उपाध्यक्ष अर्याललेबताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.