Sarawal sit lahar Notis

विश्व रक्तदाता दिवसका अवसरमा नवलपरासीमा १३ जनालाई सम्मान

0 44

परासी, ३१ जेठ
विश्व रक्तदाता दिवसका अवसरमा पश्चिम नवलपरासीमा १३ जनालाइ सम्मान गरिएको छ। जिल्लामा सबैभन्दा धेरै पटक रक्तदान गरेका रक्तदाताहरुलाई आज सम्मान गरिएको हो ।

परासीस्थित पिस क्लब ईन्टरनेशनलले आज एक कार्यक्रम गरुी उनीहरुलाई सम्मान गरेको हो । रगतदान मार्फत मानिसको अमुल्य जीवनलाइ बचाउन सघाउ पु¥याउने दाताहरुलाइ थप हौसला बढाउन सम्मान गरिएको क्लबका अध्यक्ष शम्भु उपाध्यायले जानकारी दिनुभयो ।

२० पटक भन्दा बढी रक्तदान गरेका दाताहरुलाई सम्मान गरिएको उहाँले बताउनुभयो । रेडक्रसको तथ्यांक अनुसार जिल्लामा ६५ पटक सम्म रक्तदान गर्ने रक्तदाता रहेका छन् । यसरी सम्मानित हुनेमा मनोहर दाहाल, राजकुमार रेश्मी, सुरज पाण्डे, दिनेश सुवेदी, लक्ष्मण सुवेदी, योगेन्द्र हरिजन, सुरज रञ्जितकार, नगेन्द्र गुप्ता, प्रयास गड्तौला, भागिरथी कोंहार, सौरभ मल्ल, जोगेन्द्र चौधरी, दीपेश पाण्डे लगायत रहनुभएको क्लबका सचिव राजेश गुप्तले जानकारी दिनुभयो ।

उनीहरुलाइ प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले प्रमाणपत्र र क्लबका अध्यक्ष उपाध्यायले खादा ओढाएर सम्मान गर्नुभएको क्लबका उपाध्यक्ष अर्जुन क्षेत्रीले जानकारी दिनुभयो । जिललामा रगत अभावका कारणले ज्यान जोखिममा रहेका अवस्थामा रगत दान गर्नेहरुलाइ यस कार्यक्रमले थप प्रोत्साहन गर्ने क्षेत्रीको भनाई छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मिश्रले रगत दना गर्न सबै रक्तदाताहरुलाई धन्यवाद तथा सम्मान व्यक्त गर्नुभयो । आगामी दिनमा समेत थप सहयोग हुने उहाँले अपेक्षा व्यक्त गर्नुभयो । रक्तदानको विषयमा व्यापक सचेतना जगाएर विशेषगरी युवाहरुलाई उत्प्रेरित गर्नुपर्ने उहाँको भनाई थियो । सम्मानको माध्यमबाट सचेतना फैलिने विश्वास लिदैँ उहाँले रक्तदानप्रति भएका भ्रम हटेर रगत दानमा प्रेरित गर्न सहयोग पुग्ने बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका सभापति राजेन्द्र अग्रहरीले जिल्लामा ब्लड बैंक सञ्चालनमा रहेको र पालिकाहरुको समन्वयमा निःशुल्क रगत उपलब्ध गराउँदै आएको बताउनुभयो । जिल्लामा रगत अभाव हुन नदिन रक्तदाताहरुको ठूलो योगदान रहेको बताउँदै उहाँले जिल्लाको दक्षिणी क्षेत्रमा रक्तदानप्रति भ्रम रहेकोले व्यापक सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । रेडक्रसले गोष्ठि सञ्चालन गरेर सचेतना अभियानको शुरुवात गरेको उहाँले बताउनुभयो ।

उक्त अवसरमा रामग्राम ३ का कार्यबाहक वडाध्यक्ष सुरज पाण्डे, नेपाल पत्रकार महासंघ नवलपरासीका सचिव राजकुमार रेश्मी लगायतले यस किसिमको कार्यले रक्तदाताहरुलाई थप हौसला मिलेको बताउनुभएको क्लबका महासचिव बेचु गौडले बताउनुभयो । कार्यक्रममा शसस्त्र प्रहरी उपरीक्षक महेश अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको क्लबका सदस्य सञ्जय शर्माले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.