Jilla Ban Notis

विद्यार्थी नेतामौर्यले आफ्नो गांऊका विधार्थीहरुलाई माक्स वितरण गरे ।

0 15

कृष्ण ढकाल
चैत्र–१७
कोरोना भाईरस को सक्रंमणवाट सुरक्षीत हुनका लागि सबैतह र तप्कावाट लागि रहदा सरावलमा एक विद्यार्थी नेताले पनि आफ्नो गाऊका विधार्थीहरुलाइ माक्स वितरण गरेका छन् । अनेरास्ववियु नवलपरासीका कार्यालय सदस्य समेत रहेका विद्यार्थी नेता सन्जय मौर्यले सरावल–२ का १ सय २६ जना विधार्थीहरुलाई माक्स वितरण गरेका हुन । उनले आपतको योघडीमा सबैले आफु सक्दो सहयोग र सचेतनाका कार्यहरु गर्न जरुरी रहेको वताउदै साना विद्यार्थीहरु प्रति कसैको ध्यान जान नसकेको भन्दै आफुले उक्त माक्स वितरण गरेको बताएका छन् । गाऊमा माक्स पनि नपाउने र पाईहाले अभिभावकहरु आफुले प्रयोग गर्ने तर साना विद्यार्थीहरुका लागि नभएका कारण आफुले वितरण गर्नेको बताएका छन् । । विद्यार्थी नेता मौर्यले गाऊमा डुलेर वितरण गरेका थिए ।

Leave A Reply

Your email address will not be published.